संखुवासभामा बिष्फोटक पदार्थसहित दुई जना पक्राउ

<span class='c1'>संखुवासभामा बिष्फोटक पदार्थसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका- ११ सभाखोलाबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सोमबार दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले को.१७ प ११८९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार खाँदबारी नगरपालिका- ९ तुम्लिङटारका २७ वर्षीय विकाश कुमालले पछाडी भिरेको झोला भित्रबाट बिष्फोटक पदार्थ डेटोनेटर- २ थान, निओजेल- २०० ग्राम, बारुद १०० ग्राम र धारिलो हतियार खुर्पा बरामद गरेसगै बिष्फोटक पदार्थ ओसार पसारमा संलग्न मोटरसाईकल चालक स्थानीय २७ बर्षीय बसन्त कुमाललाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्