आइसीसी टी–२० विश्वकप : रन र विकेटमा खेलाडीलाई युरो पेन्ट्सको नगद पुरस्कार

<span class='c1'>आइसीसी टी–२० विश्वकप : रन र</span> <span class='c2'>विकेटमा खेलाडीलाई युरो पेन्ट्सको नगद पुरस्कार</span>

काठमाडौँ । जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले टी–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको दिने घोषणा गरेको छ ।

जसअनुसार खेलाडीले प्रति रन ३०० रुपैयाँ पुरस्कार पाउने भएका छन् । यस्तै प्रत्येक चौकामा १ हजार रुपैयाँ, छक्कामा ३ हजार रुपैयाँ तथा अर्ध सतकमा ५० हजार रुपैयाँ र शतकमा १ लाख रुपैयाँ पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ ।

यस्तै विकेट लिएको खण्डमा प्रति विकेट ३ हजार रुपैयाँ खेलाडीले पुरस्कार पाउनेछन् । कम्पनीका प्रबन्ध निर्देशक केल्बिन शर्माका अनुसार अमेरिका र वेस्ट इन्डिज आयोजित विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

यसबाहेक नेपाली टोली सुपर ८ मा पुगेको खण्डमा २ लाख रुपैयाँ, सेमिफाइनलमा पुगेमा ५ लाख रुपैयाँ, फाइनलमा पुगेमा ७ लाख रुपैयाँ र विश्वकपमै जितेको खण्डमा १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ । विश्वकप अन्तरगत नेपालले पहिलो खेल आज नेदरल्याड्सविरुद्ध खेल्दै छ ।

जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिजले युरो पेन्ट्स उत्पादन गर्दै आएको छ । ‘सुन्दरता र विश्वासको प्रतीक’ नाराका साथ युरो पेन्ट्सले विश्वकपमा टिमको हौसलाका लागि सहयोग र पुरस्कारको घोषणा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युरो पेन्ट्सका विभिन्न उत्पादनहरू लोकप्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्