थोत्रा गाडीले सिंहदरबार विरुप, ‘तह लगाउन कानुन संशोधन गरौं’

<span class='c1'>थोत्रा गाडीले सिंहदरबार विरुप, ‘तह</span> <span class='c2'>लगाउन कानुन संशोधन गरौं’</span>

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले सार्वजनिक खरिद ऐन संशोधन गर्न नसक्दा सिंहदरबार पुराना गाडीहरुले विरुप पारेको बताएकी छन् ।

सिंहदरबारमा बुधबारको समिति बैठकमा बोल्दै सभापति पन्तले सिंहदरबार परिसरका पुराना गाडीहरु पन्छाउन कानुन बाधक रहेको उल्लेख गर्दै सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘सिंहदरबार पुराना गाडीहरुले राम्रैसँग रंगाइदिएको छ । यो चाहिँ निकालिदिनुस् बरु नराम्रै ठाउँमा सिंहदरबार बस्छ भनेर कति भन्यौं तैपनि कानुनले अड्काइरहेको छ । हाम्रो अध्यक्षले नै सधैं भन्नुहुन्छ यो सार्वजनिक खरिद ऐनलाई के गर्ने होला ? यसले गर्दा सारै नराम्रो भइरहेको छ । सार्वजनिक खरिद ऐनको संशोधन पनि सरकारले ल्याउनुपर्यो नि । हामी समितिले त्यसै ल्याएर त भएन । यो कुरा कहाँनिर अड्किएको छ यहाँहरुलाई थाहा छ । फुकाउन सकिन्छ भने सबै मिलेर यो समस्या फुकाउँ ।’

सुशासन प्रवर्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीका बारेमा भएको छलफलका क्रममा बोल्दै सभापति पन्तले सतर्कता केन्द्रमा हप्तैपिच्छे सचिव सरुवा गर्ने परिपाटीले प्रभावकारी काम हुन नसकेको बताइन् । सचिवहरु हप्तैपिच्छे सरुवामा पर्नु उचित नभएको उनले उल्लेख गरिन् । राम्रोसँग काम गरे सचिवहरुलाई समितिको सधैं साथ रहने उनले बताइन् ।

उनले अघि भनिन्, ‘सम्बन्धित निकायहरुमा हप्तैपिच्छे सरुवा हुने सचिवहरु राम्रो क्याटेगोरीमा पर्छन् । मेरो विचारमा रिझाउन नसकेर सरुवा भएका त हुन् नि । रिझाउन केले सकिन्छ त्यो त थाहा छँदैछ । सतकर्ता केन्द्र पनि फालिएको सचिव जाने ठाउँ हो । हामीले पनि बुझेका छौं समस्याहरु । यो कुरा जान्दाजान्दै पनि तपाईहरु जिम्मेवारीपूर्वक काम गरिदिनुस् । तपाईको जागिर कसैले खान सक्दैन, सर्वोच्चले पुनर्वहाली गरिहाल्छ । निर्धक्कसँग काम गर्न सक्नुभयो भने हामी साथ दिन तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्