सफा हिमाल अभियानमा ११ हजार केजी फोहोर संकलन

<span class='c1'>सफा हिमाल अभियानमा ११</span> <span class='c2'>हजार केजी फोहोर संकलन</span>

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियानको पाँचौं संस्करणमा यसपटक ११ हजार केजी फोहोर र चार मानव शव संकलन भएको छ ।

जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट संकलित फोहोरमध्ये २२ सय २६ केजी कुहिने र ८ हजार ७ सय ७४ केजी नकुहिने भेटिएको जानकारी दिइएको हो ।

उक्त फोहोर अभियान दलले व्यवस्थापन कम्पनी अभनी भेञ्चर्स प्रालिलाई जिम्मा लगाएको छ । विश्व वातावरण दिवसको अवसर पारेर जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा प्रकृति र पर्यावरणको संरक्षणमा नेपाल सरकारसँगै सरोकारवाला निकायको सामूहिक प्रयास उदाहरणीय रहेको बताए । सफाइ अभियानभन्दा पनि फोहोर नै हुन नदिने निययम कडाइका साथ पालन हुनुपर्ने भनाइ उनले राखे ।

कार्यक्रममा सफा हिमाल अभियानका टीम लिडर सेनानी आदित्य कार्कीले प्रधान सेनापतिलाई अभियानको झण्डा हस्तान्तरण गरेका थिए । कार्यक्रममा अभियानका सदस्य, शेर्पा सहयोगी, वन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, पिक प्रमोसन प्रालि, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका प्रतिनिधिलाई कदरपत्र प्रदान गरिएको थियो । पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले टोली नेता सेनानी कार्कीलाई सगरमाथा आरोही ब्याच हस्तान्तरण गरेका थिए । सफा हिमाल अभियान सन् २०१९ देखि सुरु गरिएको हो । अभियानअन्तर्गत हालसम्म १,१९,०५६ केजी फोहोर र १४ वटा मानव शव र केही अस्थिपञ्जर संकलन भएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्