अदालतमा कुन मुद्दामा कति दस्तुर लाग्छ

<span class='c1'>अदालतमा कुन मुद्दामा</span> <span class='c2'>कति दस्तुर लाग्छ</span>

इन्दु साह
विराटनगर । अदालतमा आउने सेवाग्राही त्यसैपनि अलमलमा पर्दछन् । अदालतको काम, यसका फाँटसँग जोडिएर गर्नुपर्ने अदालती काम, अलालतमा बुझाउनु पर्ने शुल्क सेवाग्राहीका लागि अनभिज्ञ हुन्छन् । यदि कुनै नयाँ सेवाग्राही कुनै मुद्दा विषेशले अदालत गएमा उनको मनमा उब्जने कुरा पनि यस्तै यस्तै हुन्छन् ।

कुन फाँट अथवा कुन कार्यमा शुल्क÷दस्तुर कति लाग्छ ? कसरी बुझाउनु पर्छ । अदालत परिसरमै पुगेर पनि अदालती शुल्क बारे बुझ्न सकिन्छ तर सबैका लागि पढ्ने क्षमता नहुँदा वा प्रक्रिया बारे जानकारी नहुँदा यसो गरिदैन, अमलमलमै बित्छ ।
सर्वप्रथम त सेवाग्राहिले मुद्दा बारे जान्नुपर्दछ । अदालतमा आफुले कुन फाँटबाट के सेवा लिईरहेको छौँ भन्ने बुझ्न जरुरी हुन्छ । अदालतको विभिन्न सेवा अनुसार शुल्क समेत फरक–फरक हुन्छ । अदालत परिसर भित्र भित्र पनि कुन सेवामा कति शुल्क लाग्छ भनि सुचना पाटी राखिएको हुन्छ । तर, अदालत जाने सेवाग्राहिले भने उक्त सुचनालाई खासै ध्यान नदिदाँ शुल्कमा अलमल गर्दछन् ।

मोरङ जिल्ला अदालत परिसरमा नागरिक वडापत्र उल्लेखित अदालती शुल्क दस्तुर :
विगो खुलेकोमा विगो बमोजिम अदालती लाग्ने शुल्क २५ हजार रुपैयाँ शुल्क लाग्छ । यस्तै ५० हजारसम्म भए दोस्रो २५ हजार रुपैयाँको ५ प्रतिशतले हुने रकम जोडिन्छ । यसैगरी विगो बमोजिम अदालति शुल्क बढ्दै जान्छ । यस्तै विगो नखुलेकोमा विषय हेरी ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म शुल्क लाग्छ । फिराद दर्तागर्दा दुई सय दस्तुर लाग्छ। बन्दीप्रत्यक्षीकरणको निवेदनमा भने कुनै दस्तुर लाग्दैन । निषेधाज्ञा निवेदनमा पाँच सय, लिखित जवाफ दस्तुर ५० रुपैयाँ, प्रतिउत्तर पत्र दस्तुर २ सय रहेको छ ।

प्रतिदावी दस्तुर (संहिताको परिच्छेद ६) बमोजिम लाग्ने छ । अधिकृत वारेशनामा प्रमाणित दस्तुर मुद्दा मामिला गर्न ५ सय बुझाउनुपर्छ । सम्पत्ति हस्तान्तरणको प्रयोजनार्थ तीनपुस्ता नाता भित्रको भएमा ५ सय मात्र, तीनपुस्ता नाता बाहिरकोलाई सम्पत्ति बिक्री गर्ने वा हक छाडी दिने भएमा ५ हजार दस्तुर लाग्छ । पुनरावेदन दस्तुर तिन सय र अदालती शुल्कको १५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ । विशेष प्रकृतिका निवेदनहरु (दर्ताद्धारा विवाह, संरक्षक प्रमाणित आदी) मा ५ सय, साधारण निवेदन दस्तुर भए १० रुपैयाँ लाग्छ ।

यस्तै विगो भराउँदा विगोको ३ प्रतिशतले हुने रकम र वण्डा छुटयाउँदा सम्पतिको २.५ प्रतिशतले हुने रकम लाग्छ । चलन चलाउँदा विगो खुलेकोमा ३ प्रतिशतले हुने रकम र नखुलेकोमा १ हजार लाग्छ । अदालती शुल्क नलागेकोमा विगोको ५ प्रतिशतले हुने रकम बुझाउन पर्छ। नक्कल दस्तुर आँफैले सारी लानेमा प्रतिपृष्ठ ५ रुपैयाँ र अड्डाबाट सारी लानेमा प्रतिपृष्ठ १० रुपैयाँ लाग्छ । रजिष्ट्रेशन पारित नभएका लिखतका हकमा आय टिकट दस्तुर वापत १ हजार सम्मको १०।– र त्यस पछिको प्रति हजारको ४।– तथा लिखत हुँदैका अवस्थामा टिकट नटाँसेकोमा सोको ५ गुणा बढी रकम बुझाउनु पर्ने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्