मोरङमा विपद् जोखिम भईहाले के गर्ने ? पूर्व तयारी बारे (अभ्याससहितको भिडियो)

<span class='c1'>मोरङमा विपद् जोखिम भईहाले के गर्ने</span> <span class='c2'>? पूर्व तयारी बारे (अभ्याससहितको भिडियो)</span>

प्रेम देवान
विराटनगर । पोखरीको एकछेउबाट बचाउ–बचाउ भन्दै हारगुहार गरिरहेका छन् केही मानिसहरु । उनीहरु कराएको सुनेर नेपाल आर्मीको उद्धार टोली बोट लिएर हतार–हतार पुग्छन् । ठुलो पोखरीबाट मानिसहरुलाई आर्मीको उद्धार टोलीले बोटको माध्यमबाट उद्धार गर्छन् ।

केही घाईते मानिस सहित घरपालुवा जनवार आर्मीको टोलीले उद्धार गरेर पोखरीको किनारामा ल्याउछन् । केही मानिस बेहोस भएको अवस्थामा हुन्छन् त केही घाईते ।

उनीहरुलाई तत्काल नजिकै रहेको रेडक्रसको प्राथमिक उपचार केन्द्रमा स्टेचरमा राखेर लैजान्छन् । फेरी त्यहाँ उपचार सम्भव नभएपछि ठुलो अस्पतालमा एम्बुलेन्समा लैजान्छन् ।

यो दृष्य वास्तविकता नभएर एउटा काल्पनिक अभ्यास मात्रै थियो । झट्ट हेर्दा साच्चिकै जस्तो देखिने यो अभ्यास मोरङ जिल्लाको थलाहामा रहेको श्री भैरव गण ब्यारेकका नेपाली सेनाको टोलीद्धारा आयोजित ४ दिने अभ्यास मनसुन जल उद्धार तथा प्रदर्शनी कार्यक्रमको थियो ।

गत जेठ २३ गतेदेखी २५ गतेसम्म संचालन रहेको अभ्यास मनसुन ४ को जल उद्धार तथा प्रर्दशनी शुक्रबार विहान कटहरी स्थित गोपाल फन एण्ड पार्कमा रहेको पोखरीमा आयोजना गरिएको थियो ।

मोरङ जिल्लामा विभिन्न खोला तथा नदीहरु छन् । उत्तरी भु-भागमा बढी मात्रामा बर्षातका कारण तराईको खोलाहरुको सतह बढ्ने गर्दछ। जेठ महिना सकिए लगत्तै बर्षायामको मौसम सुरु हुन्छ । मोरङका तटिय क्षेत्रहरु डुवान भई अत्याधिक धनजनको क्षति हुने गरेको छ ।

यसैबीच भैरव गण थलाहा ब्यारेकले हरेक बर्ष विपद् जोखिम न्युनीकरण र व्यावस्थापनको लागि पूर्व तयारी बारे विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ । यसैका बाबजुत डुवानबाट मानिसलाई कसरी उद्धार गर्ने , भएको स्रोत साधान र जनशक्ती कसरी परिचालन गर्ने भन्ने विषयमा पूर्व तयारीबारे अभ्यास प्रदर्शन गरेको छ ।

जल उद्धार सम्बन्धि उपलब्ध सामग्री तथा उपकरण प्रयोग एवम् ईप्रोभेसनको तरिकाबाट विपद्को समयमा घटनाको खबर प्राप्त हुना साथ फौज परिचालन गरेर छिटो भन्दा छिटो जीउधनको सुरक्षा गर्न सकिन्छ भनेर पूर्व तयारी गरिएको भैरव गणका गणपति प्रमुख सेनानी सुनिल घिमिरेले जानकारी दिनुभयो ।

यता जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मान्छे ,मेसिन , मेटेरिल र मेनेजमेन्ट ४ वटा कुरालाई ध्यानमा राखी विपद जोखिमको तयारीमा रहेको बताउनुभयो । मोरङ जिल्ला बाढी, पहिरो र डुवानको जोखिम रहेकाले यसको पूर्व तयारीमा अपडेट भएर बसेको समेत भट्टराईले उद्घोष गर्नुभयो । साथै मनसुन अभ्यासमा बाढीमा फसेका व्यक्तिहरुलाई हाई ल्याण्ड रेस्क्युको माध्यमबाट पनि कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा पनि पुर्व तयारी बारे जानकारी सहित अभ्यास गरिएको थियो । कार्यक्रममा विपद्य सम्बन्धी स्पेशल एक्युमेन्टहरुको समेत कार्यक्रमका अतिथीहरुले अवलोकन गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ्य कार्यालय, रेडक्रस सोसाईटी मोरङ, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र धनपालथान गाउँपालिकाको विपद् फोकल प्रर्शन , सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

मोरङ जिल्ला बढी मात्रा बाढी र डुवानको जोखिम भएका कारण जिल्ला विपत् व्यावस्थापन समितिले जोखिम न्युनिकरण , विपत् घटना पस्चात तत्काल उद्धार तथा खोजी , स्वास्थ्य उपचार , क्षति विवरण , राहत वितरण अनुगमन तथा मुल्याङ्गकनलाई प्रभावकारी ढंगले बेलैमा पुर्व तयारीमा बस्नुपर्ने आवश्यक देखिन्छ ।

अभ्यास सहितको भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्