विराटको मानसिक विभागमा नर्स झैं खटिन्छन् पुरुष स्वास्थ्य सहायक

<span class='c1'>विराटको मानसिक विभागमा नर्स झैं</span> <span class='c2'>खटिन्छन् पुरुष स्वास्थ्य सहायक</span>

विराटनगर । मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन् । उपचार सेवा प्रभावकारी बन्दै गएपछि विराटको मानसिक रोग विभागमा सधैं सेवाग्राहीको भीडभाड लाग्छ ।
उपचारका लागि भर्ना गरिएका बिरामीको सेवा गर्ने शैली समेत फरक रहेको छ । विराटको मानसिक रोग विभागमा नर्सहरु जतिकै स्वास्थ्य सहायकहरुले भूमिका निर्वाह गर्दै आएका छन् । सामान्यतयाः वार्डमा भर्ना भएका बिरामीलाई नर्सहरुले सेवा प्रदान गर्दछन् । तर, विराटको मानसिक रोग विभागमा स्वास्थ्य सहायकहरुको भूमिका नर्स सरह नै देखिने गरिएको बिरामीको आफन्तहरु बताउँछन् ।

बिरामी र आफन्तसँग नझर्की, नआत्तिकन, धैर्य र शान्तपूर्वक नम्रबोलिले सेवामा तत्लिन रहने गरेका हुन् । मानसिक रोगीहरुको अवस्थाका कारणले पनि यहाँ नर्सहरुको भन्दा स्वास्थ्य सहायकहरुको भूमिका धेरै महत्वपूर्ण हुन्छ । त्यसैले पनि दैनिक उनीहरुले आफ्नो सेवालाई कुनैपनि समस्याको सीमाले रोक्ने गरेका छैनन् । बिरामीको नियमित जाँच गर्ने, समय अनुसार औषधी खुवाउने, रगत तान्ने, हिस्ट्री लिने, रेकर्ड लिनेसम्मका काममा पनि स्वास्थ्य सहायकहरु नै खटिने गरेका छन् ।

बिरामी र आफन्तलाई काउन्सिलिङ्ग गर्ने काममा समेत नर्सहरुसँगै उनीहरुले संलग्न हुने गरेका छन् । यति मात्रै नभई शौचालय लाने, कपडा फेरबदल गराउनेसम्मको सेवामैत्री भावना उनीहरुमा देखिने सेवाग्राहीको भनाई छ । विराट अस्पतालको मानसिक विभागमा महिला नर्सहरु मात्रै नभएर स्वास्थ्य सहायक पढेका तालिम प्राप्त पुरुष नर्स पनि छन् भन्ने सन्देश समेत सेवाग्राहीमा परेको छ ।

विरामी जाँचेर औषधी लेख्ने दक्षता हाँसिल गरेपनि आफुहरु थप अनुभव लिन र दक्ष स्वाथ्यकर्मी बन्न सेवा दिने गरेको मानसिक विभागमा कार्यरत निरजकुमार देव बताउँछन् । निरज जस्तै तीन बर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम लिएका विजय राजवंशी , मनोज मेहता, प्रशान्त ठाकुर, नितेशकुमार मेहता र सिकन्दर यादव क्रियाशिल रहेका छन् । ‘हामीहरु पुरुष मात्र नभएर असक्त्त महिला बालबालिका र जेष्ठ नागरिकको सेवा गर्ने गर्दछौं’ मनोज मेहताले भने–कडा तथा जटिल किसिमको मानसिक समस्या भएका बिरामीहरुको हेरचाहसँगै उनीहरुको संरक्षणमा कतिपय अवस्थामा फरक आउन पनि सक्छ ।

यसैगरी अर्का प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका कति विरामीहरु होस हवास नभएका पनि हुन्छन । कतिपय आफैंमाथि हिंस्रक बनेर कुटपिट गर्ने, अर्को व्यक्तिमाथि जाइलाग्ने, आफैंमाथि घात गर्ने निर्णयमा पुग्नेसम्मका हुन्छन् । यस्तो बेला उनीहरुको संरक्षणका खातिर नर्सहरुको मात्रै भूमिका पर्याप्त नहुने भएकोले स्वास्थ्य सहायकहरुको धेरै संख्यामा खटाउनु परेको अस्पताल प्रशासनको भनाई छ । मानसिक विभागमा भर्ना भएका विरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरुले पनि महिला नर्सहरु सरह नै सेवा दिइरहेकोले उपचारमा थप सहजता भएको मानसिक विभागका रेसिडेन्सियल ईन्र्चाज चिकित्सक डाक्टर शिर्षकदिप श्रेष्ठ बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्