‘नो केबलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा

<span class='c1'>‘नो केबलकार आन्दोलन’ लाई समर्थन</span> <span class='c2'>जनाउँदै जनकपुरधाममा विरोध सभा</span>

जनकपुर । मुकुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘नो केबलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधाममा विरोध सभा आयोजना गरेको छ ।

विरोधसभामा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका थिए ।

राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झाले मुकुम्लुङका बासिन्दाले केवलकार निर्माणको विरोध गरिरहे पनि सरकारले जबरजस्ती परियोजना अघि बढाउने प्रयास गरेको आरोप लगाए । उनले योजना अघि बढाउनुभन्दा पहिले स्थानीय समुदायसँग परामर्श हुनुपर्ने बताउँदै यस्तो जबरजस्तीले जनताको अधिकार हनन हुने चेतावनी दिए । झाले २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई जबरजस्ती ‘विकास क्षेत्र’ घोषित गरेर केही व्यापारी र राजनीतिक व्यक्तिहरूलाई फाइदा पुर्याउने प्रयास गरिएको आरोप लगाए । उनका अनुसार यस क्षेत्रमा पहिले गरिएको विकास प्रयासहरू असफल भएका थिए । तर, अब पुनः स्थानीय आवाजको बेवास्ता गर्दै केवलकार निर्माण अघि बढाउन खोजिएको छ ।

कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरी, दीपक झा, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले सरकारले स्थानीय सरोकारको वेवास्ता गरेको भन्दै विरोध जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्