बुबाको मुख हेर्ने दिन: आश्रमका वृद्ध बुबाहरूको मनमा छोराछोरीको प्रतीक्षा

<span class='c1'>बुबाको मुख हेर्ने दिन: आश्रमका</span> <span class='c2'>वृद्ध बुबाहरूको मनमा छोराछोरीको प्रतीक्षा</span>

प्रेम देवान
विराटनगर । दृष्यमा कैद भएका वृद्ध बुबाहरु विराटनगर महानगरपालिका ८ स्थित विराटेश्वर वृद्धा आश्रममा साहारा लिएर बसेका बुबाहरु हुन। पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ता कपडा लगायत दिँदै सम्मान गरिन्छ ।

हो यही आश्रममा बसेका यी वृद्धा बुबाहरुको पनि आश कतै आफ्ना छोराछोरी आई दिन्छन् की भन्ने झिनो आशामा बसेका छन् । खोटाङ दिक्तेल घर भएका ९१ वर्षीय लेखनाथ रेग्मी ४ बर्ष अगाडी आश्रममा आएका थिए । १ छोरी र २ छोरा भएका रेग्मीका परिवार दुई बर्षसम्म त आए तर त्यसपछि बुबाको मुख हेर्न भनेर नआएको आएको उनी बताउछन् । रेग्मी भन्छन्, खै दुई बर्ष त आए त्यसपछि आएन्न सायद यसपटक चाही आउछन् की ।’

रेग्मी जस्तै वृद्धा साथीहरुसँग भलाकुसारी गरिरहेका ९५ वर्षीय भवनाथ सुवेदी राम्रोसँग कान सुन्दैनन्। साथीहरुले नजिक गएर भने मात्रै सुन्छन्। उनलाई त यो बुबाको मुख हेर्ने दिन खासै चासो छैन रे , खै हाम्रो पालामा त यस्तो थिएन केही बर्षदेखी मात्र चलन आएको हो भनेर सुनाउछन् । ‘हामीलाई त यही थुप्रै मान्छे आउछन् के के खाने कुरा दिन्छन्,’ यसो कहिलेकाही त आउने गरेका थिए आफ्नो मान्छे , यसपटक आउछन् की आउदैनन् थाहा छैन।’

अहिले विराटेश्वर वृद्धाआश्रममा ६१ जना बुबा र ३२ जना आमाहरु बस्दै आएको आश्रमका संचालक जगत अर्यालले जानकारी दिनुभयो । आमा बुबाको मुख हेर्ने दिन कमैको मात्रै छोराछोरी आउने गरेका अर्याल सुनाउनु हुन्छ । अर्यालका अनुसार विभिन्न संघ सस्था लगायत व्यक्तिगत पनि आजको दिन धेरै सहयोगी मन भएका मानिसहरु आउनुहुन्छ खुशी लाग्छ । आश्रममा कतिपय बाध्यताले आएका छन् भने कतिपय घरपरिवार विहीन भएका आमा बुबाहरु बस्न आएका छन् ।

आज भाद्र कृष्ण कुशे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ । औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ । पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ । औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्