राष्ट्रियसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

<span class='c1'>राष्ट्रियसभाको बैठक बस्दै, पाँच</span> <span class='c2'>अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने</span>

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रि यसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ। यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्