विराटनगर–५ र ४ सीमाको धुधुवापैनीले प्राकृतिक निकास पाउने

<span class='c1'>विराटनगर–५ र ४ सीमाको</span> <span class='c2'>धुधुवापैनीले प्राकृतिक निकास पाउने</span>

विराटनगर । विराटनगर महानगरपालिका ४ र ५ को सीमामा पर्ने धुधुवापैनीको पानीलाई प्राकृतिक निकास दिइने भएको छ । धुधुवालाई हुलाकी राजमार्ग विस्तारमा छेकिएपछि त्यसको वहाव बदलिएको थियो । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ गणेशचौकदेखि पुलचौकसम्मको सडक तथा नाला निर्माण गर्दा जामुनगाछी र पुलचौक बीचमा पर्ने धुधुवा छेकिएको थियो ।

एयर पोर्टबाट निस्कने पानीको निकास गर्ने धुधुवा छेकेर बनेको ड्रेनले उत्तरको पानी दक्षिणतर्फ आउन पर्खालको रुपमा काम गरेको थियो । यसलाई प्राकृतिक निकास दिने सहमति बुधबार भएको हो । विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर सडक निर्माण नभएर स्थानीयले पाउँदै आएको दुःखलाई सम्बोधन गर्ने उद्देश्यले ठेकेदारसँग निर्माण प्रतिवद्धता गराइएको छ ।
आगामी असार मसान्तभित्र निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख भएपनि फागुन भित्रै सडक कालोपत्रे गरेर हस्तान्तरण गर्ने सहमति गराइएको हो ।

२०७८ माघ २ गते ठेक्का सम्झौता भए पनि तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि दुईपटक म्याद थपिसकेको छ । सो सडक निर्माण सम्पन्न गर्न भ्याटसहित १७ करोडमा ठेक्का लागेको थियो ।

जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले बुधबार प्रतिबद्धता जनाएपछि आसा फर्कको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको पहलमा मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईले हुलाकी सडक आयोजनासँगको समन्वयमा मंगलबार सहमति कायम गरिएको छ । स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले फागुनभित्र कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका थिए । त्यस क्रममा धुधुवापैनीलाई प्राकृतिक निकास दिनका लागि राजमार्गमा कल्भर्ट निर्माण गरिने भएको छ ।

हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेल र निर्माण व्यवसायी वासु उप्रेतीले निर्माणका क्रममा दसैं अगाडि सबै खाल्डाखुल्डी पुरिसक्ने र तोकिएको मिति अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न प्रतिवद्धता जनाएका छन् ।

https://ourbiratnagar.net/2024/07/267844

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्