श्रीलङ्काको राष्ट्रपतिमा दिसानायके

<span class='c1'>श्रीलङ्काको राष्ट्रपतिमा</span> <span class='c2'>दिसानायके</span>

काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ उहाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटक मतगणना गरिएको हो ।

पहिलो चरणको मतगणनामा वामपन्थी झुकाव राख्ने दिसानायकेलाई धेरै मतदाताले रुचाए पनि बहुमत ल्याउन सक्नुभएको थिएन । विपक्षी नेता साजिथ प्रेमदासा दोस्रो स्थानमा रहनुभयो ।

निर्वाचन आयोगले दिसानायके र प्रेमदासाबाहेक अरू सबै उम्मेदवारलाई प्रतिस्पर्धाबाट हटाएको थियो ।

नयाँ राष्ट्रपतिका लागि श्रीलङ्कामा शनिबार मतदान भएको थियो । वर्तमान राष्ट्रपति रनिल बिक्रमासिङ्घे भने निर्वाचनमा पराजित हुनुभयो । एक करोड ७० लाख मतदातामा ७५ प्रतिशतले मतदान गरेका थिए । अब निर्वाचित राष्ट्रपति दिसानायकेको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने समाचारमा उल्लेख गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्