दुग्ध विकास आयोजना विराटनगरले किसानको ३२ करोड भुक्तानी दिन बाँकी, पैसाका लागि सरकार पर्खदैं

<span class='c1'>दुग्ध विकास आयोजना विराटनगरले किसानको ३२ करोड</span> <span class='c2'>भुक्तानी दिन बाँकी, पैसाका लागि सरकार पर्खदैं</span>

विराटनगर । कोशी प्रदेशका किसानले उत्पादन गरेको दूधको भुक्तानी गर्नुपर्ने ३२ करोड दयित्व दूग्ध विकास विराटनगर वितरण केन्द्रलाई छ । सहकारीमार्फत संकलन भएको दूध चिस्यान केन्द्र हुँदै वितरण केन्द्र विराटनगरसम्म दैनिक आउने गर्दछ । तर, नौ महिनायता किसानको पैसा पठाउन नसकिएपछि जवाफविहीन भएको वितरण केन्द्रका प्रमुख परमेश्वर चौधरी बताउनुहुन्छ ।

‘किसानको पैसा हैन, किसानबाट दूध संकलन गर्ने सहकारीलाई फर्काउने जवाफ पनि सकिएको छ’ वितरण आयोजना प्रमुख चौधरीले भन्नुभयो–सरकारले ऋण दिन गरेको निर्णय थाहा पाएका किसानले दिनैपिच्छे फोन गरेर खोई पैसा ? भन्नुहुन्छ । उहाँका अनुसार दूध संकलन सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग दैनिक जसो किसानले यहि प्रश्न सोध्ने गरेको गुनासो वितरण केन्द्रसम्म आउने गरेको छ ।

चौधरीका अनुसार दैनिक १३ देखि १४ हजार लिटरसम्म दूध अहिलेपनि किसानमार्फत सहकारी हुँदै आयोजनासम्म आउने गरेको छ । आयोजनामा अहिले ६ हजार बढी किसानबाट १३० सहकारीले संकलन गरेको दूध आउने गरेको छ । तर, भुक्तानीका लागि ठूलो असजिलो परिरहेको उहाँको भनाई छ । अहिले विराटनगर वितरण केन्द्रमा ६५ मेट्रिकटन पाउडर, १९५ मेट्रिकटन मखन÷बटर र ८ मेट्रिकटन घ्यू भण्डारण रहेको छ । उत्पादन भएको वस्तु काठमाण्डौं र हेटौडातर्फ पठाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

कोशी प्रदेशका पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुमसहित मधेशको सप्तरी दुग्ध वितरण आयोजनाको कार्यक्षेत्रमा पर्ने जिल्ला हुन् । यी जिल्लाका १४ हजार ६९८ किसानले उत्पादन गरेको दैनिक ३० देखि ४० हजार लिटर दूध संकलन गर्नसक्ने क्षमता आयोजनासँग छ । प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन र दैनिक ६ मेट्रिकटन धुलो दूध उत्पादन गर्नसक्ने क्षमता विस्तारित प्लान्टमा भएपनि पछिल्लो समय समस्या थपिदो स्थितिमा रहेको छ।

रकम भुक्तानी गर्ननसक्दा १४ हजार ६९८ किसानको संख्या घटेर छ हजारमा सिमित भएको छ । न्यूनतम ३० हजार लिटर दूध संकलन गर्दै आएको आयोजनाले अहिले १३ हजार लिटर मात्रै गर्दै आएको चौधरीले जानकारी दिनुभयो । दुग्ध विकास संस्थानका निमित्त उप–महाप्रवन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारले दिने भनेको ऋण रकम आउनासाथ किसानको भुक्तानी हुने जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णय अनुसार विभागिय मन्त्रालयमार्फत पैसा आउने प्रक्रिया बढिरहेको उहाँले जानकारी दिनुभयो । दशैं अगाडी नै किसानको पैसा पठाउन संस्थानले पहल गरिरहेको उहाँको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्