प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा छन् यस्ता सेवा

<span class='c1'>प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा</span> <span class='c2'>छन् यस्ता सेवा</span>

इन्दु साह
विराटनगर । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा विभिन्न रोगको परीक्षणमा नागरिकले प्रत्यक्ष लाभ पाउने गरि ९० प्रतिशतसम्म छुट सुविधा रहेको छ । धेरैलाई जानकारी नभएको यो प्रयोगशाला विराटनगर–१४ डिग्री क्याम्पसको पुरानो हवाई फिल्डमा रहेको छ ।

यस प्रयोगशालामा मृगौलाको डायलासि गराई रहेका बिरामी गर्नुपर्ने नियमित परीक्षण, मृगौला प्रत्यारोपण गरेका बिरामीको तोकिएको अवधी (तीन महिनाको एक पटक) र अन्य समयमा गर्नुपर्ने परीक्षण, क्यान्सर थालसेमिया, हेमोफिलिया, सिक्कलसेल, ऐनेमिया र एच.आई.भी संक्रमित व्यक्तिहरुलाई लाग्ने शुल्कमा ९० प्रतिशत छुट रहेको छ ।

यसैगरी शहिद परिवार एवं विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति, अति विपन्न तथा द्धन्द्ध प्रभावित, हिंसामा परेका नागरिक, ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकको ल्यावसँग सम्बन्धित परीक्षणमा ९० प्रतिशत छुट रहेको छ ।
यसैगरी कोशी प्रदेश सरकार अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारी र निजको परिवारका साथै त्रि.वि.वि. अन्तर्गत स्नाकोत्तर क्याम्पस विराटनगरका कर्मचारीहरुलाई लाग्ने शुल्कमा ५० प्रतिशत छुट सुविधा रहेको छ । कोशि प्रदेशका अन्य बिद्यार्थी तथा खेलाडीहरुलाई पनि ५० प्रतिशत छुटमा ल्याव परीक्षण हुने गरेको छ ।

ल्याब परीक्षणका लागि लागि डेंगु, मलेरिया, कालाजर, एचआईभी, टिबीका लागि पुग्ने नागरिकको निःशुल्क परीक्षण हुँदै आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी प्रकाश कार्कीले जानकारी दिएका छन् ।
सुचना अधिकारी कार्कीका अनुसार गत आर्थिक वर्ष २०८०÷२०८१ म मात्रै ५८ हजार ५०२ परीक्षण गरिएको छ । जसमा १२ हजार ५१० जना सेवाग्राही रहेका छन् । परीक्षणबाट ७१ लख १२ हजार रकम सेवा शुल्क संकलन भएको छ । यदि छुट नदिईकन परीक्षण गर्दा एक करोड ८३ लाख ९१ हुने दावी गरिएको छ ।

आर्थिक वर्ष २०७९÷२०८० मा ३७ हजार ३४७ वटा परीक्षणमा ६ हजार ५५० जना सेवाग्राहीले लाभ लिएको कार्कीले जानकारी दिएका छन् । प्रयोगशालामा सामान्यदेखि जटिल किसिमका जाँचपड्ताल हुने गरेको सुचना अधिकारी कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार सुगर, थाईराईड, भिटामिन डि, क्यान्सर पत्ता लगाउन गरिने बायोस्पी परीक्षण समेत हुने गरेको छ ।

प्रयोगशालाका निमित्त निर्देशक प्रणवकुमार यादवका अनुसार यस प्रयोगशालामा मुख्यतया ४ वटा शाखा रहेका छन् । सर्ने रोग प्रयोगशाला शाखा, नसर्ने रोग प्रयोगशाला शाखा, गुणस्तर नियन्त्रण तथा तालिम शाखा र आर्थिक तथा प्रशासन शाखा रहेका छन् । उनका अनुसार कोशि प्रदेश भरीबाट यहा परीक्षणको लागी सेवाग्राहि आउने गरेका छन् । तर विराटनगरकै कतिपय सेवाग्राहि भने यस प्रयोगशालाले दिईरहेको सेवाबारे जानकारी नहुँदा पुग्ने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्