इजरायलद्वारा लेबनानमा पुनः हवाई आक्रमण सुरु

<span class='c1'>इजरायलद्वारा लेबनानमा पुनः</span> <span class='c2'>हवाई आक्रमण सुरु</span>

लेबनान । इजरायली लडाकु विमानहरूले बुधबार साँझ पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण पुनः सुरु गरेको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् ।

इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बालबेक, हर्मेल र पश्चिमी बेकाका क्षेत्रमा करिब ७० वटा आक्रमण गरेका छन् । सिभिल डिफेन्स र लेबनानी रेड क्रसले भग्नावशेष हटाउन र घायतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्ने काम गरिरहेको बताएको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयले लेबनानमा बुधबार जारी इजरायली हवाई हमलाबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको र २२३ जना घाइते भएको बताएको थियो । सोमवार र मङ्गलबार इजरायलले लेबनानमा २००६ पछि सबैभन्दा ठूलो आक्रमण गरेको छ ।

जसको परिणामस्वरूप देशभर ५५० भन्दा बढीको मृत्यु र १८ सयभन्दा बढी घाइते भएका छन् । लेबनानी वातावरण मन्त्री नासेर यासिनले इजरायलको बमबारीले विगत ७२ घण्टामा एक लाख ५० हजारभन्दा बढी बासिन्दा विस्थापित भएको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्