विराटनगरमा नर्स अभाव, विराट टिचिङलाई एक हजार आवश्यक

<span class='c1'>विराटनगरमा नर्स अभाव, विराट</span> <span class='c2'>टिचिङलाई एक हजार आवश्यक</span>

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक हजार नर्स माग गरेको छ । अस्पताललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले एकै पटक हजार जना नर्सलाई रोजगारी दिने भन्दै आवेदन माग गरेको हो ।

‘नर्सिङ्ग जनशक्ति माग मात्रै गरिएको हैन, पाँचवर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेज समेत दिन्छौं’ मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले भन्नुभयो–स्वास्थ्य क्षेत्रमा नर्सिङ्ग जनशक्तिको चरम अभाव भईसक्यो । उहाँका अनुसार यस अगाडी दुईसय आवश्यकता भनेर माग्दा दश जनाले मात्रै आवेदन दिएका थिए । यस पटक हजार माग गरेको तीनदिनमा चार आवेदन मात्रै परेका छन् ।
स्वास्थ्य क्षेत्रमा मेडिकल जनशक्तिको अभाव बढ्दै गएकोले अब नर्सिङ्ग पेसा नेपालमै बसेर अंगाल्न चाहनेहरुलाई विशेष तलव सुविधासहित लामो अवधीका लागि नियुक्त गर्नुपर्ने स्थिति रहेको अध्यक्ष डाक्टर कार्कीको भनाई छ ।

विराट मात्रै नभई नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटललाई समेत नर्सिङ जनशक्ति व्यवस्थापन गर्न उतिकै गाह्रो रहेको महाप्रवन्धक दिपेश राईको भनाई छ । अहिले भईरहेकोले जेनतेन चलिरहेको भएपनि सेवा विस्तार गर्न नर्सिङ अभाव हुनेछ । दैनिक ५५० जना नर्सिङ परिचालन गर्नुपर्ने मेडिकल कलेजमा छोड्ने र आउने संख्या सरोबरी नै छ, महाप्रवन्धक राईले भन्नुभयो–बीस जनाको आवेदन माग गर्दा ४ जनाको मात्रै आउँछ । आवश्यकता भन्दा थोरै संख्याले आवेदन दिने भएपछि कागजात हेरेर राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
मेडिकल कलेजहरुले कुनैबेला नर्सिङ आवश्यकता परेको सुचना निकाल्नु नै नपर्ने स्थिति रहेको थियो । तर, पछिल्लो समय आवेदन माग गर्दा समेत आवश्यक संख्यामा पर्दैन, विराट टिचिङका अध्यक्ष डाक्टर कार्कीले भन्नुभयो–नर्स उत्पादन गर्ने १३७ संस्थामा विभिन्न अंकुश लगाएर ३९ वटामा सिमित पारिएको परिणाम देखिन थाल्यो, आगामी दुईवर्षपछि अवस्था झन् बिकराल हुने देखिन्छ ।

मेडिकल कलेज बाहेक विराटनगरमा सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा समेत नर्सिङ जनशक्ति अभाव बढ्दै गएको छ । विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालहरुमा नर्सिङ केयर अभाव हुने स्थितिमा पुगेको हो । दैनिक दुईसय बढी क्रिटिकल बिरामी भर्ना हुन्छन्, नर्स अभाव हुँदा उनीहरुलाई केयरिङ्ग पुग्दैन भनेर स्थान्तरण गर्नुपर्ने अवस्था आइसकेको डाक्टर कार्कीको गुनासो छ ।
चिकित्सा शिक्षा आयोगले सय शै्याको अस्पताल भएका संस्थालाई मात्रै स्टाफ नर्स र बिएन नर्सिङ अध्यापन गराउन पाउने नियम लगाउँदा अहिले ३९ वटा मात्रै मापदण्ड भित्र परेका छन् । जसले कारण १३७ वटा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने कलेजहरुको भार थेग्न नसक्ने अवस्था आएको कोशी हेल्थ इन्स्टिच्यूट तथा मोरङ सहकारी अस्पतालका अध्यक्ष विकास अधिकारीको भनाई छ । उहाँका अनुसार स्टाफ नर्स र बिएन नर्सिङ एउटै कलेजलाई पढाउन नदिने, पढाउने भए अलग–अलग सय शै्याको अस्पताल आवश्यक पर्ने प्रावधान गलत थियो भन्ने पुष्टि भईस्केको छ ।

विराट मेडिकल कलेजका अध्यक्ष कार्कीले नर्सिङ उत्पादन गर्ने संस्थाहरुलाई ५० शै्याको अस्पताल भए पुग्ने बताउनु हुन्छ । ‘कुनै अस्पतालसँग सहकार्य गरेर भएपनि अभ्यास गराउँदा पुग्ने कुरामा जर्बरजस्ती अस्पतालको प्रावधानले नर्सिङ जनशक्ति अभाव हुन थालेको छ’ डाक्टर कार्कीले भन्नुभयो–नेपालमा उत्पादन भएका मेडिकल जनशक्ति विश्व बजारमा समेत उतिकै लोकप्रिय छ, यहाँ काम गर्दै गरेकाहरु धमाधम विदेश जान थालेपछि नेपालमा आवश्यकता अभाव हुने देखिन्ख्छ ।

नोबेलका महाप्रवन्धक राईको समेत उस्तै मत रहेको छ । सरकारले नेपालमा नर्सिङ्ग अध्यापन गराउने संस्थालाई सहजीकरण गर्नुपर्ने पहिलो आवश्यकता रहेको बताउँदै राईले भन्नुभयो–दोस्रो कुरा भनेको पढाई सकेपछि पाँचवर्ष नेपालमै काम गर्नुपर्ने प्रावधान समेत तोकिदिनुपर्छ ।
भईरहेका स्वास्थ्य संस्थामा अवरोध गरेर नयाँ नियम लगाउने तयारीमा रहेको सरकारले आजको आवश्यकतालाई धान्नेतर्फ ध्यान नदिएको सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको गुनासो छ । पछिल्लो समय कक्षा १२ सकाएका विद्यार्थीले नर्सिङ पढ्न नपाउने भन्ने प्रावधानले झन् जोखिम बढाउने उनीहरुको बुझाई छ । ‘सर्टिफिकेट लेवल सकाएर स्टाफ नर्स पढ्न छेक्दा अहिले ठूलो धनराशी विदेशिएका छ, अब प्लस टु सकेर तीनवर्ष स्नातक पढेपछि जनरल नर्सिङ पढ्नुपर्ने कुराले अवस्था नाजुक हुँदैछ, डाक्टर कार्कीले भन्नुभयो–आजको आवश्यकता अभाव बनाउन स्वास्थ्य क्षेत्रका विज्ञले किन यति धेरै गलत निर्णय गरिरहेका छन् ? तर, यसको परिणाम नागरिकले भोग्नुपर्ने पक्का देखिरहेको छु ।
चिकित्सा शिक्षा आयोगले नै आर्थिक वर्ष २०८२÷२०८३ मा अढाई लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको रिपोर्ट सार्वजानिक गरेको थियो । यदि आयोगले नै अभाव हुन्छ भनेर प्रक्षेपण गरेको क्षेत्रलाई वर्षेनी नयाँ अंकुश लगाउँदा त्यसको जिम्मेवारी कसले लिन्छ भन्ने कुरा अहिले बहस हुनुपर्ने कोशी हेल्थ इन्स्टिच्यूटका अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस् :
नर्स छैनन्, स्वास्थ्य विज्ञ कसको सुझावमा चल्छन् : डाक्टर कार्की

https://ourbiratnagar.net/2024/09/276554

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्