असोज लागेपछि विराटनगरमा परीक्षण गराएकामध्ये दश प्रतिशतमा डेंगु पोजेटिभ

<span class='c1'>असोज लागेपछि विराटनगरमा परीक्षण गराएकामध्ये</span> <span class='c2'>दश प्रतिशतमा डेंगु पोजेटिभ</span>

इशु पन्त
विराटनगर । विराटनगरमा पछिल्लो समय डेंगु संक्रमण ह्वात्तै बढेको छ । साउनयता क्रमशः बिरामीको संख्या बढ्दै गएका छन् । साउनमा ३०५ जना शंकास्पद परीक्षण गर्दा २७ जनामा देखिएको थियो । तर, यहि क्रम भदौमा १०८० शंकास्पदको परीक्षण हुँदा १२८ जनामा पोजेटिभ देखिएको थियो । असोजमा भने परीक्षण गरिएकामध्ये १० प्रतिशतमा डेंगु पोजेटिभ देखिएको छ । असोजको एक हप्ताको अवधीमा २६ जनालाई डेंगु पोजेटिभ देखिएको महानगरपालिका स्वास्थ्य शाखा तथ्यांक अधिकृत दिपक भट्टराईले जानकारी दिएका छन् ।

वर्षात्पछि लामो समयसम्म खडेरी लाग्दा जोखिम बढेको हो । जमेको पानी लामो अवधीसम्म रहँदा त्यसले डेंगी संक्रमण जोखिम बढाउन सहयोग गर्दछ । तर, सोमबारबाट पुनः पानी परिरहेको छ । पानी परेपनि यसपछि असोजभर जोखिम कायमै रहने बताइन्छ ।
सुख्खा मौसममा जम्ने पानीका स्रोतहरु पहिचान गरेर पुर्नपर्छ । यसका लागि घरभित्रै प्रयोग हुने कुलर, गमला, फ्रिज, एसीमा समेत ध्यान दिनुपर्ने हुन्छ । डेङ्गु भाइरसबाट बच्ने उपाय सक्दो लामखुट्टेको टोकाईबाट बच्नु हो । महानगरले खोज र नष्ट गर्न अभियानमा हरेक वडाका जनप्रतिनिधिहरु, वडा सदस्य, स्वयमसेविका र स्वास्थ्य कार्यकर्तामार्फत घरघरमा पुगेर सचेतना गराउँदै आएको दावी छ ।

दशैं चाडपर्ब अगावै पूर्णरुरुपमा मनसुन सक्रिय भएपछि अझै पनि जोखिम भने कायम रहनेछ । डेंगु भाइरसबाट लाग्ने रोग हो जुन प्रायः एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यस प्रजातिको लामखुट्टे जमेको पानीमा बस्ने गर्दछ।बिराटनगर महानगरले लार्भा खोज र नस्ट गर अभियाग गरिरहेपनि पुनः मनसुनका कारण पानी जम्ने ठाउँहरु आफैंले ख्याल गर्नुपर्ने स्थिति रहेको छ । विराटनगर जस्तै रंगेली नगरपालिकामा समेत यसको संक्रमण फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्