पर्यटन दिवस विशेष : के नेपालमा ‘पिंक टुरिज्म’ संभव छ ?

<span class='c1'>पर्यटन दिवस विशेष : के नेपालमा</span> <span class='c2'>‘पिंक टुरिज्म’ संभव छ ?</span>

युवराज गौतम/नेपाल न्युज बैंक
काठमाडौं । पर्यटनका विभिन्न आधार र आयामहरु छन् । नेपालमा प्रकृति, संस्कृति, पर्वतीय हिमश्रृखंलामार्फत पर्यटनको विकास भइरहेको छ । पछिल्लो समय उदार नेपाली समाजको फाइदा उठाउँदै ‘एलजीविटिआइक्यू प्लस’अर्थात यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरु ‘पिंक टुरिज्म’को प्रवद्र्धनका लागि आकर्षित भएका छन् ।

प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैङ्गिक पहिचान स्थापित भइसकेको कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु ‘पिंक टुरिज्म’मार्फत पर्यटन प्रवद्र्धनमा जुटेका हुन् ।

दक्षिण एसियामै नेपालको संविधान उदार मात्र बनेन लैङ्गिकताका आधारमा विभेद गर्न नपाउने भएकै कारण नेपाल विस्तारै ‘पिंक टुरिज्म’, ‘रेन्बो टुरिज्म’ अर्थात इन्द्रेणी पर्यटनको हब बनाउनेगरी अभियन्ताहरुले प्रयास थालेका छन् । गुलावी वा इन्द्रेणी रंगलाई साझा रंगका रुपमा स्वीकारिएका कारण पिंक टुरिज्मको अवधारणा विश्वव्यापी रुपैमै फस्टाउँदो छ । पछिल्ला बर्षहरु नेपालमा पिंक टुरिष्टका लागि सहज गन्तब्य बन्नसक्ने भन्दै व्यवसायी र सरकारले समेत पिंक टुरिज्मलाई प्राथमिकता दिएका छन् । समूदायका युवाहरु पनि यसमा भविष्य देख्न थालेका छन् । नेपालले स्पेन, थाइल्याण्ड, ताइवान, भियतनाम,
इन्डोनेसिया, अष्ट्रेलियामा जस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई पर्यटकका रुपमा भित्र्याएर अर्थतन्त्रमा नयाँ इँटा थप्ने प्रयासमा छ ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटकहरु नेपालका पर्यटकीय गन्तब्यहरुलाई सुरक्षित र स्वागतयोग्य रहेको बताउँछन् ।

‘पहिलेदेखि नै नेपालमा त्यो किसिमका पर्यटकहरु आइरहेका छन् । उनीहरु नेपालमा बढी खर्च गर्न सक्ने र मनोरन्जन गर्ने गरेको पाइन्छ । यसका लागि हामीले सम्बन्धित समूदायका व्यक्तिहरुलाई गाइड तालिम दिएर यसको अवधारणा विकास गर्दै टुर गाइडहरुलाई प्रोत्साहित गरेका छौं । पिंक टुरिज्म र सम्बन्धित समूहका पर्यटकहरुको गाइडहरुले आफैं पनि व्यवसाय गर्ने इच्छा राख्नुभएको छ । यसका लागि बोर्ड पहिलो प्राथमितामा पर्यटक गाइडहरु तयार गर्दै प्रवद्र्धनमा इच्छुक छ,’ उनले भने ।

अभियन्ता सुनिलबाबु पन्त यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु संस्कृति, कला र समाजमा रमाउने भएकाले पर्यटनको माध्यमबाट स्थानीय अर्थतन्त्रलाई बढवा दिन, स्थानीय प्रतिष्ठानहरुको लागि व्यापार बढाउन र रोजगारी सिर्जना गर्न मद्दत गर्दै ‘पिंक मनी’ भित्र्याउन सहयोगी बन्नसक्ने भएकाले पिंक टुरिज्मका लागि नेपाल भर्जिन ल्याण्ड बन्नेमा ढुक्क छन् । नेपालका हरेक तहले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई केन्द्रीत पर्यटकीय गतिविधि, मेला, महोत्सव आयोजना गर्दै समावेशिता र विविधतालाई बढवा दिनसक्नुपर्ने पन्तको सुझाव छ ।
‘नेपालमा २३ वर्ष लगाएर यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकार प्राप्त भएको छ । छिमेकी देशहरु भारत र चीनमा अधिकार नपाएको समलिङ्गी विवाह दर्ताका कारण दक्षिण एसियामा पहिलो देश बनेको छ । विश्वभर नेपालको सकरात्मक सन्देश फैलिएको छ । अब आर्थिक र पर्यटकीय रुपमा अघि बढ्न हामी सबैले भूमिका खेल्नुपर्छ,’ उनले भने ।

गत वैशाख २३ गतेदेखि जेठ २६ गतेसम्म नेपाल पर्यटन बोर्डले सस्टेनेबल टुरिज्म फर लाइभलीहुड रिकभरी परियोजना (एसटिएलआरपी) अन्तर्गत युएनडिपी नेपालको सहयोग तथा नेपाल माउन्टेन एकेडेमीसँगको सहकार्यमा नेपालको इतिहासमै ३५ दिने ट्रेकिङ गाइड कक्षा संचालन गरेको थियो । जसमा ब्लु डाइमन्ड सोसाइटीका २५ जना यौनिक तथा अल्पसंख्यक समुदाय(एलजीबीटीआइक्यू)का व्यक्तिहरु सहभागी भएका थिए । तालिमको उद्देश्य समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउने, विश्वबाट आएका एलजीबीटीआइक्यू पर्यटकलाई समुदायकै गाइडबाट सेवा दिने थियो । ‘धेरैजसो एजेन्सी, पर्यटन व्यवसायी र सरकारका प्रतिनिधिहरुले समेत नेपालमा भिन्न यौन झुकाव तथा लैंगिक पहिचान भएका पर्यटक आउने गरेको र उनीहरुले भिन्न पहिचानकै गाइडहरु खोज्ने गरेको सुनाउनुहुन्थ्यो । अब तालिम लिइसकेपछि त्यस्ता पर्यटकहरुका लागि आफ्नै समुदायका व्यक्ति गाइड भए यात्रा सहज हुने अपेक्षा गरेका छौं,’ ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले भनिन् ।

नेपालमा पछिल्ला बर्षहरु पर्यटकीय दृष्टिकोणले फलदायी बन्न थालेपछि ट्रेकिङ, टुर एवम ट्राभल एजेन्सीहरुले एलजीविटीआइक्यू मैत्री सेवा पनि शुरु गरेका छन् । आफ्नो प्याकेजमा एलजीविटीआइक्यू गाइट समावेश गर्ने र विदेशीहरुलाई नेपाल घुम्न आउन प्रेरित गरिरहेका छन् ।
नेपालका व्यवसायिक एजेन्सीमार्फत अग्ला हिमाल र सगरमाथा आरोहण गरेका कतिपय आरोहीहरुले एलजीविटीआइक्यूको साझा इन्द्रेणी झन्डा चुचुरोमा फहराएर नेपाल एलजीविटिआइक्यू मैत्री घुम्न लायक देश भनेर सार्वजनिक रुपमै सन्देश प्रवाह गरिरहेका छन् ।

सन् २०१३ मा अमेरिकी समलिङ्गी नागरिक केसन क्रेनले सगरमाथा आरोहण गरेर इन्द्रेणी झन्डा फहराएर विश्वमा नौलो सन्देश फैलाएका थिए । सन् २०१० मा शुरु भएको समलिङ्गी ट्राभल एजेन्सी ‘पिंक माउन्टेन’ले पिंक टुरिज्मलाई प्रवद्र्धन गर्ने प्रयास गरिरहेको छ ।
‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ यौनिक तथा लैङ्गिक अल्पसंख्यक अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन सम्पन्न समेत भइसकेको छ । खासमा पिंक पर्यटकहरुका लागि बोलिने भाषा, शब्द र सम्बोधन, गरिने व्यवहारले ठूलो अर्थ राख्ने गरेको, सामान्य महिला र पुरुषलाई सम्बोधन गर्दा प्रयोग हुने शब्द र यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई गरिने सम्बोधन फरक हुने भएकाले सोही अनुसारका गाइड आवश्यक पर्ने व्यवसायीको भनाइ छ ।

विश्वका विभिन्न देशबाट नेपाल घुम्न आएका एलजीविटीआइक्यू समुदायका पर्यटकहरुलाई पथ प्रदर्शक वा गाइडका रुपमा काम गरिरहनुभएका आयाम पौडेल नेपाल सरकारले पिंक टुरिज्मलाई प्रवद्र्धन गर्न सके ठूलो सफलता हासिल गर्नसक्ने बताउँछन् ।
पिंक टुरिज्म अर्थात एलजिवीटीआइक्यूमैत्री पर्यटन भनेको नेपालको संविधानले परिभाषित गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्रका व्यक्तिहरुलाई घुम्न वा यात्रा गर्न सहज बनाउनु रहेको पौडेलको भनाइ छ ।

नेपालमा गाइजात्रा पर्वका दिन समुदायले मनाउने ‘अन्तर्राष्ट्रिय गाइजात्रा महोत्सव’ वा ‘प्राइड परेड’लाई स्वतन्त्रता र पर्यटन प्रवद्र्धनका रुपमा हेर्ने गरिन्छ । विदेशमा पनि पिंक टुरिज्मका लागि भनेर विभिन्न फेस्टिभलहरु आयोजना गर्ने गरिएको छ । अष्ट्रेलियामा जनवरी वा फेब्रुअरी महिनामा संसारकै ठूलो प्राइड फेस्टिबल आयोजना गरिन्छ र पिंक टुरिज्मलाई प्रवद्र्धन गर्ने चलन छ । स्पेनमा बेग्लै फेस्टिबलसँगै भिन्नै होटल, रेष्टुरेन्ट, बार खुलेका छन् । समुदायका लागि मात्रै भनेर टुर, ट्राभल, ट्रेकिङ एजेन्सीहरु संचालित छन् जसले ति मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याएका छन् । थाइल्याण्ड र अष्ट्रेलिया पिंक टुरिज्मको हबका रुपमा विकसित हुँदै गइरहेको छ र त्यहाँको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्