फ्रेन्च लिग वान फुटबल : पीएसजीको अपराजित यात्रा कायमै

<span class='c1'>फ्रेन्च लिग वान फुटबल :</span> <span class='c2'>पीएसजीको अपराजित यात्रा कायमै</span>

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले अपराजित यात्रा कायमै राखेको छ ।

शुक्रबार राति भएको खेलमा रेनेसमाथि ३–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जिताउनका लागि ब्राड्ले बारकोलाले २ गोल गर्दा ली काङ इनले १ गोल गरे । ३० औं मिनेटमा बारकोलाले ओस्मान डेम्बेलेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको पीएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल बेहोरेको थियो ।
५८ औं मिनेटमा ली काङले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा असरफ हकिमीको पासमा बारकोलो व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।

७५ औं मिनेटमा रेनेसका आर्नोड कलीमुयन्डोले पेनाल्टीमा गोल गरेर अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन । जीत पछि पीएसजीले ६ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा यथावत राखेको छ भने रेनेस ६ खेलमा ७ अंक बनाउँदै तालिकाको आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्