लगातार उकालो लागेको सुनको मूल्य घट्यो

<span class='c1'>लगातार उकालो लागेको</span> <span class='c2'>सुनको मूल्य घट्यो</span>

काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ६ सय रूपैयाँले घटेको हो ।

यसअघिको हप्ता सुन लगातार बढिरहेको थियो भने आज यस हप्ताको सुरूको दिनमा सुन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ कम हो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १९ सय ४५ मूल्यमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्