सुन्दरहरैँचामा काेशी प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुने

<span class='c1'>सुन्दरहरैँचामा काेशी प्रदेश स्तरीय</span> <span class='c2'>फुटसल प्रतियोगिता हुने</span>

मणिराम दाहाल
सुन्दरहरैँचा ।माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेकमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीद्वारा काेशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ ।

सुन्दरहरैँचा नगरपालिका प्रवद्वक रहेको प्रतियोगिता यहि असोज १७ देखि १९ गते सम्म सुन्दरहरैँचा १० काे प्लानेटमा हुने भएको हाे।

प्रतियाेगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० टोलीहरूको सहभागिता रहने आयाेजक राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्ष भविनजंघ पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले प्रतियोगिताको माध्यमबाट राष्ट्रिय युवा संघ नेपालले खेलकुद मार्फत युवा प्रतिभाहरूको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुयाउने लक्ष्य राखेको उल्लेख गरे । पहिलाे पटक हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा विजेता हुनेलाई नगद रू १ लाख १ हजार तथा उपविजेतालाई नगद रु ५१ हजार पुरस्कार रहेको उल्लेख गरिएको छ । प्रतियोगिताको अनुमानित खर्च ७ लाख रहेको बताइएको छ । प्रतियाेगितामा इलाम ,रतुवामाइ,धनकुटा , दमक,उर्लाबारी ,केराबारी ,लेटाङ ,विराटनगर ,झापा ,धरान , पथरी ,बेलबारी , इटहरी सुन्दरहरैँचा लगायतकाे टिम तथा खेलाडीहरूकाे सहभागिता रहने उल्लेख गरिएको छ ।

उत्कृष्ट टोलीहरूले आफ्नो कौशल पदर्शन गर्दै प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताले विभिन्न क्षेत्रका युवा खेलाडीहरूलाई एकसाथ ल्याई खेलकुदमा अनुशासन, मिहिनेत र समूहगत कामको महत्वलाई उजागर गर्ने खेल संयाेजक तथा राष्ट्रिय युुवा संघ जिल्ला इन्चाज मनाेज राईले बताए ।

प्रतियोगिताको उदघाटन समारोहमा प्रमुख अतिथि माननिय सुहाड नेम्वाङ तथा समापन समारोहमा संगठनका अध्यक्ष क्षितिन थेवे रहने उल्लेख गरिएको छ । प्रतियोगिताले युवा खेलाडीहरूको व्यक्तिगत विकासका साथमा एकता र सदभाव ल्याउँनुका साथै उनीहरूको खेलकुद सम्बन्धी ज्ञान र कौशलमा वृद्धि ल्याउने सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशन प्रसाद ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्