विराटनगरको काली मन्दिरमा राखियो जमरा

<span class='c1'>विराटनगरको काली मन्दिरमा</span> <span class='c2'>राखियो जमरा</span>

इन्दु साह
विराटनगर । विराटनगर ९ स्थित कालि मन्दिरमा बिहीबार जमरा राखिएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काली मन्दिरमा जमरा राखिने गरिएको छ ।

काली मन्दिर व्यवस्थापन अध्यक्ष डा.मिनाक्षि नेपालका अनुसार घटस्थापनाको साइत ९ः १६ बजे जमरा राखिएको हो । काली मन्दिर व्यवस्थापन समिति सदस्य देवेन्द्र गुप्ताका अनुसार एक सय केजी बढी बिजको जमरा राखिएको छ । पण्डित सुकुदेव आचार्यका अनुसार माताले परापूर्वकालदेखि रक्षा गरिरहनु भएकोले नवरात्रको प्रारम्भ भएको दिन घटस्थापना गरेर जमरा राखिन्छ । यो जमरालाई विजय दशमीको दिन पर्सादको रुपमा भक्तजनमा वितरण गरिन्छ । यसरी विधिवत पूजा गरेर उमारिएको जमरा लगाउँदा अकालमा मृत्यु नहुने जनआस्था छ ।

८० वर्ष पहिलदेखि कालीमन्दिरमा जमरा राखिने गरिएको छ । मन्दिर समितिका अनुसार विराटनगरका ७५ प्रतिशन भक्तजनले यहाँकाट जमरा प्रसादको रुपमा लिने गरेका छन् । काली मन्दिरमा मात्रै नअट्ने भएपनि अन्य विभिन्न स्थानमा समेत राखिने गरिएको छ । काली मन्दिरको पुजाकोठा, काली मन्दिरको धर्मशाला र सरस्वती माध्यमिक विद्यालय लगायतका स्थानमा जमरा राखिएको हो । उक्त जमरा टिकाको दिनदेखि भक्तजनलाई निःशुल्क दिईन्छ ।

बडादसैँको पहिलो दिन बिहीबार विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौ अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज जौको जमरा राखिएको हो । यो अंकुराएपछि दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । साथै दशैँ अवधिको लागि काली मन्दिरमा १५० स्वयमसेवक राखिने भएको छ । पुजा गर्न आउने अशक्त, ज्येष्ठ नागरीक, बालबचाहरुलाई प्राथमिक्ता दिईने समितिको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्