एभरेष्ट वुमन्स भलिबल लिग : चितवनले चौथो खेल कर्णाली यस्वीससँग खेल्ने

<span class='c1'>एभरेष्ट वुमन्स भलिबल लिग : चितवनले</span> <span class='c2'>चौथो खेल कर्णाली यस्वीससँग खेल्ने</span>

काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्ने भएको छ ।

बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्नेछ ।

खेल बेलुका ५ः४५ मा राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा सुरु हुनेछ । चितवनले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ ।
चितवनले आफ्नो पहिलो खेलमा गण्डकी थन्र्डसलाई ३–१ ले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेल भने चितवनको पक्षमा रहेन । चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ को हार बेहोरेको थियो ।

तेस्रो खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको हो । चितवनले हालसम्म अपराजित रहेको कर्णालीसँग बलियो आत्मविश्वासका साथ खेल्ने र जित निकाल्ने दाउमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्