विराटनगरका मन्दिरमा जमरा राख्ने चलन बढ्दै

<span class='c1'>विराटनगरका मन्दिरमा जमरा राख्ने</span> <span class='c2'>चलन  बढ्दै</span>

इशु पन्त
विराटनगर । दशैं प्रारम्भ हुने पहिलो दिन घटस्थापना गरेर घरघरमा जमरा राख्ने परम्परा शहरमा भने फेरिदैं गएको छ । पछिल्लो समय विराटनगरका शक्तिपीठ, मठ मन्दिरमा जमरा राख्ने क्रम परम्पराकै रुपमा विकास भएको हो ।

घरघरमा जमरा राखेर अष्ठमीको दिन दुर्गा स्थापना गर्ने र दशमीको दिन बिसर्जन गरेर टिका लगाउने पुरानो प्रचलन अहिले पनि ग्रामिण क्षेत्रमा छ । तर, शहरमा भने घरमा राखिने जमरा मन्दिरमा राखेर दशमीको दिन फर्काउने प्रचलन बढ्दै गएको हो । विराटनगरमा काली मन्दिरमा जमरा राख्ने र नौरथा लागेपछि दैनिक जसो मन्दिरको दर्शन गर्ने परम्परागत मान्यता जस्तै बनिसकेको छ । पछिल्लो समय भने त्यस बाहेकका मन्दिरमा समेत विधिवत रुपमा घटस्थापना गरेर जमरा राख्ने चलन रहँदै आएको छ ।

नेपालीहरुको महान चाडपर्व विजया दशमीको पहिलो दिन बिहीबार घटस्थापना गरिएको छ । घर, मठमन्दिर, दशैंघर,र शक्तिपीठहरूमा विधिवत रूपमा जमराको राखिएको हो । नवरात्रि आरम्भ भए सँगै पूजाकोठा र मठमन्दिरमा चोखो बालुवा र माटोमा जौ, धान,मकै र गहुँको जमरा राख्ने गरिन्छ ।

बिराटनगरमा मेनरोडको नवदुर्गाको शक्तिपिठ काली मन्दिरमा जमरा राखिएको छ । त्यस बाहेक रंगेलीको शक्तिपीठ सन्सारी माईस्थानमा जमरा राखिएको छ । विराटनगर ७ जिल्ला अदालत नजिक रहेको निशान भगवती मन्दिरमा समेत विधिवत रुपमा घटस्थापनाको कर्म गरेर जमरा राखिएको छ । त्यहाँ १५ केजी बीजको जमरा राखिएको मन्दिरका पुजारी हरी कृष्ण नेपालले बताएका छन्।

घटस्थापनापछि क्रमशः दशैं भित्रदै जान्छ । मन्दिरमा महालक्ष्मी, महाकाली र महासरस्वतीको बास हुने जनविश्वासले जमरा राखेर घरघरमा भित्र्याउने प्रचलन बढेको पुजारी नेपालले बताए । विराटनगर–८ मधुमारामा रहेको अष्ट चिरञ्जीवी मन्दिरमा पनि जमरा राखिएको छ। मन्दिरमा जमराका लागि ११ किलो जौ, मकै र धानको बीज छरिएको अध्यक्ष विनायक पन्तले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्