एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी शुक्रबारदेखि

<span class='c1'>एसिया रग्बी महिला तथा</span> <span class='c2'>पुरुष सेभेन्स ट्रफी शुक्रबारदेखि</span>

काठमाडौं । एसिया रग्बीको आयोजनामा र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी-२०२४ प्रतियोगिता हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यही असोज १८ र १९ गते दशरथ रंगशालामा ‘एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी-२०२४ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा एसियाका नेपालसहित १६ वटा देशहरुको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेभेन्स तर्फ १४ वटा टिम र महिला रग्बी सेभेन्समा सातवटा टिमले सहभागिता जनाउने छन् । जसमा देशमा चलिरहेको विभिन्न द्वन्द्वका कारण इरानको महिला टोलीले मात्रै यस प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ । एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा संघको विश्वास छ । प्रतियोगितामा करिब दुई करोड १० लाख लागत लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वणर् पदक प्राप्त गर्नेछन् भने दितिया हुने टोलीले रजत र तृतिया हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्