‘विश्व इन्टरनेट सम्मेलन’ एआईमा केन्द्रित हुने

<span class='c1'>‘विश्व इन्टरनेट सम्मेलन’</span> <span class='c2'>एआईमा केन्द्रित हुने</span>

बेइजिङ । अगामी नोभेम्बरमा हुने ‘विश्व इन्टरनेट सम्मेलन’ (डब्लुआइसी) आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा केन्द्रित हुने आयोजकहरूले बताएका छन् ।

शिखर सम्मेलनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, डिजिटल अर्थतन्त्र, एआई टेक्नोलोजिकल इनोभेसन र गभर्नेन्स जस्ता विषयहरूमा २० भन्दा बढी उप–मञ्चहरू आयोजना गर्नेछ ।

डब्लुआइसीले शिखर सम्मेलनका क्रममा एआईमा एक विशेष समिति गठन गर्ने आयोजकहरूले बताए ।

यस वर्षको कार्यक्रमले डब्लुआइसी विशिष्ट योगदान पुरस्कारसहित नयाँ गतिविधिहरू पनि प्रस्तुत गर्नेछ । यसले विश्वव्यापी इन्टरनेट क्षेत्र र सम्बन्धित क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति र उद्यमहरूलाई सम्मान गर्नेछ ।

शिखर सम्मेलन नोभेम्बर १९ देखि २२ सम्म पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा हुने भएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्