एनईएससीले आयोजना गर्ने भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

<span class='c1'>एनईएससीले आयोजना गर्ने भलिबल</span> <span class='c2'>प्रतियोगिताको तयारी अन्तिम चरणमा</span>

विराटनगर । नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रतियोगिता यही अगस्त २७ तारिखमा अष्ट्रियामा हुँदैछ ।

आयोजक एनईएससीले विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिम, स्थान, अतिथिलगायतको टुंगो लागिसकेको जनाएको छ । संघका अध्यक्ष दिलकुमार घमालले युरोपमा बसोबास गर्ने नेपालीहरुबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा स्वीजरल्याण्ड, फिनल्याण्ड, जर्मनी, नेपाल युरोपियन स्पोर्टस क्लब ए र बी सहित ५ वटा टिमले सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका छन् । खेलकुमा मात्रै नभएर नेपाली समुदायलाई एकता, मित्रता र सहकार्यका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घमालको भनाइ छ । प्रतियोगितामा नेपाली दूतावास, विश्वमै ख्यातिप्राप्त तेक्वान्दो खेलाडी विनय कार्कीलगायतको उपस्थिति रहनेछ ।

‘नेपाल युरोपियन स्पोर्टस क्लबले आफ्नो खेल भावना, समर्पण र परिश्रमको माध्यमबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछ भन्नेमा म पूर्ण विश्वास राख्दछु,’ घमालले भने, ‘खेलले हामीलाई शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि सुदृढ बनाउँछ । हामीले हार वा जीतलाई केवल नतिजाको रूपमा हेर्नुपर्छ, तर यसले हामीलाई नयाँ अवसर, सिकाई र अझ राम्रो बन्ने प्रेरणा दिन्छ ।’ युरोपमा नेपाली कला, संस्कृति र पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले महत्वपूणर् भूमिका खेल्ने अध्यक्ष घमालको भनाइ छ । उनले नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको प्रचारप्रसार र प्रवद्र्धनमा समेत प्रतियोगिताले योगदान पुग्ने बताए ।

‘युरोपमा हामी नेपाली समुदायले हाम्रो पहिचानलाई सम्मानका साथ संरक्षण गर्दै, नयाँ संस्कार र अवसरहरूसँग घुलमिल गर्दै आएका छौं । युरोपेली एकीकरणको यो प्रतियोगिता हामी सबैलाई थप निकट ल्याउने अवसर हो र जसले हामीलाई आपसी समझदारी, सद्भाव र भाइचाराको भावना सुदृढ गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । सन् २०२० मा स्थापित एनईएससीले यसअघि पनि दुईपटक भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ । यसबाहेक युरोपका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा एनईएससीले सहभागिता जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्