चौथो अभ्यास खेलमा पनि क्यानडा एचपीविरुद्ध नेपालको जित

<span class='c1'>चौथो अभ्यास खेलमा पनि</span> <span class='c2'>क्यानडा एचपीविरुद्ध नेपालको जित</span>

काठमाडौं । क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ ।

मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३-१ ले आफ्नो पक्षमा पर्न सफल भएको हो । नेपालका क्यानडा ‘ए’ विरुद्धको यो लगातार तेस्रो जित हो । ह्याट्रिक जितको लागि अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्ने छ । अमेरिकामा नेपालले टी-२० र आइसिसी विश्वकप लिग-२ सिरिज खेल्नेछ । जसअन्तर्गत नेपालले टी-२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सानमा गर्ने छ । त्यसपछि नेपालले लिग-२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । उक्त सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्