कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा</span> <span class='c2'>आमाको हातबाट टीका ग्रहण</span>

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।

टीकाको शुभसाइतमा उहाँले आज झापाको गौरादह–३ स्थित निजी निवासमा टीका ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री कार्की आज दिनभर गौराहदस्थित निवासमै बसेर आफन्तसँग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ । उहाँले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सद्भावकासाथ दसैँ मनाउन आग्रह गर्नुभएको छ ।

कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पु-याएकाले विपद्को सामना गर्दै एकापसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दसैँ मनाउन उहाँले आग्रह गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्