आइसीसी टी-२० महिला विश्वकप : अष्ट्र्रेलियाको अपराजित यात्रा कायमै

<span class='c1'>आइसीसी टी-२० महिला विश्वकप :</span> <span class='c2'>अष्ट्र्रेलियाको अपराजित यात्रा कायमै</span>

काठमाडौं । आइसीसी टी-२० महिला विश्वकप क्रिकेटमा समूह ‘ए’मा रहेको अष्ट्र्रेलियाले अपराजित यात्रा कायमै राखेको छ ।

मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।

शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्ड १९.२ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिन पुग्यो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि कप्तान एलिसा हिलीले २६ रन बनाउँदै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३,००० रन पूरा गरिन् । बेथ मुनिले ४० रनको योगदान दिइन् भने एलिसे पेरीले ३० रन जोडिन् । न्युजिल्यान्डका लागि अमेलिया केरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्, उनले २६ रन मात्र खर्चिइन् ।

जवाफमा न्युजिल्यान्डको सुरुवात कमजोर रह्यो। ओपनर जर्जिया प्लिमरलाई १४ बलमा नै आउट गर्दै अस्ट्रेलियाकी मेगन शुटले उत्कृष्ट सुरुवात गरिन् । उनले मात्र ३ ओभरमा ३ विकेट लिएर न्युजिल्यान्डको पारीलाई ध्वस्त पारिदिइन् । अमेलिया केरले २९ रन जोड्दै केही सम्हाल्ने प्रयास गरे पनि न्युजिल्यान्डको पारी ८८ रनमै सिमित भयो । अस्ट्रेलियाका लागि एनाबेल सुटरल्याण्डले पनि ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् । यस जितसँगै अस्ट्रेलिया समूह ’ए’ को एक मात्र अपराजित टोली बनेको छ । महिला विश्वकप अन्तर्गत आज २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार दिउसो पौने ४ बजे स्कटल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । आजै राति पौने ८ बजे भारत र श्रीलंका आमने सामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्