साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा

<span class='c1'>साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल</span> <span class='c2'>र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा</span>

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्ध हुने भएको छ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुने छ ।
त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुदै छ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्