साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरी

<span class='c1'>साफ महिला फुटबल : नेपाल</span> <span class='c2'>र भुटानबीचको खेल बराबरी</span>

काठमाडौँ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो ।

खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एक/एक अङ्कका साथ दोस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्