च्याम्पियन्स लिगमा लिभरपुल विजयी

<span class='c1'>च्याम्पियन्स लिगमा</span> <span class='c2'>लिभरपुल विजयी</span>

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा लिभरपुल विजयी भएको छ ।

लिभरपुलले बुधबार राति च्याम्पियन्स लिगको समूह चरणको खेलमा जर्मनीको लिपजिगलाई १–० ले पराजित गरेको हो ।

यो जितले लिभरपुललाई समूहमा ९ अंक जोड्दै लगभग अर्को चरणमा पु¥याएको छ । डार्विन नुनेजले खेलको एक मात्र गोल गर्दै लिभरपुललाई जित दिलाए।
२७ औं मिनेटमा नुनेजले मोहमद सलाहको हेडरलाई गोललाइनबाट टच गर्दै जाली चुमाएका थिए ।
खेलमा लिभरपुलले केही महत्त्वपूर्ण अवसरहरू खेर फाले पनि गोलरक्षक काओमिन केलेहरको उत्कृष्ट प्रदर्शनले टोलीलाई तीन अंक सुनिश्चित ग¥यो ।
लिपजिगले पहिलो हाफमा राम्रो दबाब दिएको थियो । जावी सिमन्स र बेन्जामिन सेस्कोले गोल गर्ने अवसर पाए पनि उनीहरूले गोल गर्न सकेनन् ।
लिभरपुलले दोस्रो हाफमा खेल आफ्नो नियन्त्रणमा लिँदै थप आक्रमण ग¥यो, जहाँ नुनेजले थप एक अवसर पाए, तर पूर्व लिभरपुल गोलकिपर पिटर गुलासीले उनको प्रयासलाई रोकिदिए ।

खेलको अन्त्यसम्म लिपजिगले बराबरीको प्रयास गरे पनि अफसाइडको कारण गोल मान्य भएन । अब लिभरपुलले आइतबार आर्सनलसँग प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्