काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । बिहीबार तोलामा २ हजार ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँमा कारोबार भईरहेको छ ।