पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु

<span class='c1'>पाकिस्तानी तालिबानको आक्रमणमा परी</span> <span class='c2'>१० जना प्रहरीको मृत्यु</span>

पेशावर, पाकिस्तान । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

“आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना जवान शहीद भएका थिए भने सात जना घाइते भएका थिए”, एकजना वरिष्ठ गुप्तचर अधिकारीले बताउनुभयो ।

खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा प्रहरी सहायता बलको चौकीमा करिब २० देखि २५ जना आतङ्ककारीहरूले भारी आक्रमण गरेका थिए।

आक्रमण अफगानी सीमाबाट करिब ७० किलोमिटर पूर्वमा भएको थियो ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानले आतङ्कवादमा वृद्धि देखेको भने पाकिस्तानी तालिबानले प्रायः सुरक्षा फौजलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

खैबर जिल्लाको अफगान सीमा नजिकै बिहीबार राति गरिएको छुट्टै आक्रमणमा एक जना प्रहरी मारिएका छन् ।

ऐतिहासिक रूपमा अफगानिस्तानमा जरा भएको पाकिस्तानी तालिबानले अफगानी तालिबानकै विचारधारालाई आत्मसाथ गरेको छ । रासस / एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्