एएफसी यु–१७ एसियन कप छनोट : कतारसँग नेपाल पराजित

<span class='c1'>एएफसी यु–१७ एसियन कप छनोट</span> <span class='c2'>: कतारसँग नेपाल पराजित</span>

काठमाडौं । एएफसी यु–१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो ।

नेपालविरुद्धको खेलमा कतारका कप्तान जैद फैसलले दोस्रो लगातार खेलमा गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । खेलको २१औं मिनेटमा याजन मोहम्मदले कतारका लागि पहिलो गोल गरेका थिए । त्यसपछि कप्तान फैसलले खेलको ४५औं, ५६औं, र ८२औं मिनेटमा ह्याट्रिक पूरा गरे । उमर अल–मर्जुकीले पनि गोल गर्दै कतारको फराकिलो जीतमा योगदान गरे ।

कतार जारी छनोटमा ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा जापान पनि समान ६ अंकका साथ गोल अन्तरले गर्दा अगाडि छ । अब कतारको आगामी खेल जापानविरुद्ध हुनेछ । नेपालले भने आफ्नो अन्तिम खेल मंगोलियाविरुद्ध खेल्दै छनोटको यात्रा समाप्त गर्नेछ ।
नेपाल पहिलो खेलमा जापानसँग ९–२ गोल अन्तरले पराजित भएको थियो । कतारले पहिलो खेलमा मंगोलियालाई २–० ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्