काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ ।
आज सुन प्रतितोला ४ सय रूपैयाँले घटेको हो । यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ । आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।