निर्वाचनमा पराजय भोगेका जापानका प्रधानमन्त्री तत्काल सरकारबाट नबाहिरिने

<span class='c1'>निर्वाचनमा पराजय भोगेका जापानका</span> <span class='c2'>प्रधानमन्त्री तत्काल सरकारबाट नबाहिरिने</span>

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याए पनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गर्नुभएको थियो । सन् १९५५ देखि जापानमा शासन गरिरहेको उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का चुनावमा निकै कमजोर नतिजा देखिएको छ ।

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाउनुभएको हो ।

“म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,” इशिबाले पत्रकारसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा संलग्नता देखिनु र यसबाट जनतामा एलडिपीप्रति ‘शङ्का, अविश्वास र क्रोध’ सिर्जना हुनु नै रहेको बताइएको छ ।

“म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,” इशिबाले पत्रकारहरूसँग भन्नुभयोे, “मतदाताहरूले पार्टीमाथि ‘कठोर निर्णय’ दिएका छन् । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्