साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन (तस्बिरसहित)

<span class='c1'>साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त</span> <span class='c2'>हेर्न टिकट किन्नेको लाइन (तस्बिरसहित)</span>

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो ।

एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्