इन्स्पेक्टर बस्नेत असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

<span class='c1'>इन्स्पेक्टर बस्नेत असोज महिनाको</span> <span class='c2'>सर्वोत्कृष्ट प्रहरी घोषित</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) विवेक बस्नेतलाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बस्नेतलाई ‘वेस्ट पुलिस अफ दी मन्थ’को उपाधि दिएका हुन् । बस्नेतले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित घरमा लुकाइछिपाइ राखेको १ थान भरुवा बन्दुकसहित १ जनालाई र मिक्वाखोला–२ बाट पेस्तोलसहित १ जनालाई पक्राउ गरेका थिए ।

त्यस्तै, जंगलको ओढारमा बेवारिसे अवस्थामा रहेका ४ थान भरुवा बन्दुक बरामद गर्नुका साथै ज्यान मार्ने उद्योगमा कैद र जरिबानको फैसला भएपनि सजाय भुक्तान नगरिकन भागिरहेका प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए ।

इन्स्पेक्टर बस्नेतले अपराध अनुसन्धान शाखामा कार्यरत रही मुद्दा अभियोजन प्रक्रियालाई व्यवस्थित बनाउँदै आमनागरिकमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयको ठहर छ ।

अपराध अनुसन्धान र नियन्त्रणमा खेलको महत्वपूर्ण भूमिकाको कदर गर्दै उनलाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । कार्यसम्पादन मूल्यांकनका आधारमा कोशी प्रदेशमा प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्