छठ पर्व मनाउनका लागि काेशी प्रदेशमा दुई दिन विदा

<span class='c1'>छठ पर्व मनाउनका लागि काेशी</span> <span class='c2'>प्रदेशमा दुई दिन विदा</span>

विराटनगर । छठ पर्व मनाउनका लागि काेशी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएकाे छ ।

सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन हुनेछ । बिहीबार संघीय सरकारले बिदा दिएकाे छ । प्रदेश सरकारले शुक्रबार १४ जिल्लामा छठ समापनकाे बिदा दिएकाे हाे ।

पहिलो दिन मंगलबार नहाय खाय मनाइँदैछ । बुधबार खरना पर्व मनाइन्छ । तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो । तेस्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ्य दिने परम्परा छ । अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

तराई मधेसमा छठ पर्वको तयारी भइरहेको छ । छठको पूजाका लागि बजारमा किनमेलका लागि घुइँचो लागेको छ । नदी, पोखरी तथा जलाशयलाई पनि सजाइएको छ ।

प्रदेश सरकारले २५ गते आइतबार पनि सार्बजनिक विदा दिएको छ । राष्ट्रिय विभूति फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्