कोशी प्रदेशमा गाँजा खेती फडानी गरी नष्ट गर्दै प्रहरी

<span class='c1'>कोशी प्रदेशमा गाँजा खेती फडानी</span> <span class='c2'>गरी नष्ट गर्दै प्रहरी</span>

विराटनगर । कोशी प्रदेशमा प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।

धनकुटा र भोजपुरका विभिन्न स्थानमा लगाइएका गाँजाका बोट प्रहरीले शुक्रबार नष्ट गरेको हो । प्रहरीले एकै दिन ३८ हजारभन्दा बढी गाँजाका बोट फाँडेको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न स्थानमा अवैध हिसाबले लगाइएका र प्राकृतिक रूपमा आफैं उम्रिएका गाँजाका बाटो नष्ट गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए । धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा लगाइएका गाँजा शुक्रबार प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट खटिएको टोलीले १७ रोपनी क्षेत्रफलमा लगाइएका र डाँडा पाखामा आफैं उम्रिएर हुर्किएका २४ हजार ४ सय गाँजाका बोट फाँडेको छ । फँडानी गरिएका बोटहरु प्रहरीले जलाएर नष्ट गरेको छ ।

त्यस्तै, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न स्थानमा करिब १८ रोपनी पाखो बारीमा लगाइएको गाँजा नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार हतुवागढीमा १४ हजार १ सय बोट गाँजा फँडानी गरेर नष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्