कोशी पर्यटन वर्ष २०८२ : प्रदेश राजधानी विराटनगरले यसरी लिनसक्छ लाभ

<span class='c1'>कोशी पर्यटन वर्ष २०८२ : प्रदेश</span> <span class='c2'>राजधानी विराटनगरले यसरी लिनसक्छ लाभ</span>

विराटनगर । कोशी प्रदेशमा प्रादेशिक पर्यटन वर्ष २०८२ आगामी बैशाखका लागि घोषणा भएको छ । सरकारले प्रादेशिकस्तरको पर्यटन वर्ष घोषणा गरेर त्यसको तयारी वर्षको कार्य सुरु गरेको हो ।

सरकारको नीति तथा कार्यक्रममै समेटिएको पर्यटन वर्षका लागि कार्ययोजना स्वीकृत भईसकेको छ । त्यस बाहेक निजीस्तरका पर्यटन व्यवसायीसँग एक चरणको छलफल भईसकेको छ । जसमा पर्यटन वर्षको तयारी र भारतीय पर्यटकहरुलाई नेपाल भित्रदा पर्ने असहजताका लागि सहजीकरण गर्ने विषय थिए ।

कोशी पर्यटन वर्ष २०८२ सरकारले घोषणा गरिरहँदा प्रदेश राजधानी विराटनगरले कस्तो लाभ लिन्छ ? भन्ने बहस समेत अहिले सुरु भएको छ । प्रदेशको राजधानीले धान्ने क्षमतालाई सदुपयोग गर्ने योजनालाई सरकारले ध्यान दिनुपर्ने पर्यटन व्यवसायी भवेश श्रेष्ठ बताउँछन् ।
उनले सरकारले कार्यक्रम मात्रै घोषणा गर्दा पनि पर्यटन क्षेत्रले प्राथमिकता पाउने भएकोले यो स्वागतयोग्य रहेको बताए । व्यवसायी श्रेष्ठका अनुसार विराटनगरले कसरी लाभ लिने भन्ने कुरा पनि सहज रहेको छ । त्यसका लागि स्थानीय तहले आर्टिफिसियल डेस्टीनेशन निर्माण गर्नुपर्ने विकल्प छ । विराटनगरमा निर्माणाधिन चरणमा रहेका दुईवटा पाँचतारे होटल सञ्चाालनमा आए मात्रै पनि त्यसले थप संभावनाको ढोका खोल्छ । चार तारे होटल दुईवटा रहेका छन् । त्यस बाहेक तीन तारे र पर्यटकीयस्तरका होटलमा ४५० कोठा रहेका छन् । त्यस बाहेक मध्यमस्तरका होटल समेत गरेर एक हजार पाँच सय कोठा आवासका लागि रहेको श्रेष्ठ बताउँछन् । बहुआयमिक परिकार दिनसक्ने रेष्टुरेन्ट र बारको संख्या समेत प्रशस्त छ ।

पर्यटकीय संरचना प्रशस्त भएका कारण त्यसको सदुपयोगका लागि अब भारतबाट आउने पर्यटकलाई सुरक्षा सहजीकरण र चीनका पर्यटकलाई भित्र्याउने योजना ल्याउनु पर्ने उनको सुझाव छ । पर्यटन वर्ष घोषणा गरेको सरकारको बाह्य पर्यटकसँगै टुर अप्रेटरलाई भित्र्याउने योजना मुख्य हुनुपर्ने उनको बुझाई छ ।

विराटनगरले लाभ लिने संभावनालाई स्थानीय तहले सवल रुपमा ट्याकल गर्न सक्छ । त्यसका लागि विराट राजाको दरबार क्षेत्र, रानी र मण्ठा पोखरी, प्रधानमन्त्री पार्क, हनुमान मन्दिरमा निर्माणाधिन रहेको आरतीस्थलको कामलाई अबका पाँच महिना भित्रै सक्नुपर्ने सुझाव उनको छ । ऐतिहासिक, धार्मिक, औद्योगिक, राजनैतिक रुपमा स्थापीत विशेषतालाई चिनाउने अवसर विराटनगरसँग समेत रहेको उनले बताए । एउटै घरबाट तीनजना प्रधानमन्त्री बनाएको कोइराला निवास, पहिलो औद्योगिक शहरको बिजारोपण गर्ने जुट मिल, जुट मिल परिसरकै पहिलो सञ्चार (रेडियो नेपाल प्रसारण) र मजदुर आन्दोलनको केन्द्र हट्तालि हाट समेत यहाँ पुग्नुपर्ने ठाउँ हुन् भनेर चिनाउनुपर्ने समय आएको उनको सुझाव छ ।

सुनसरीको बर्जु ताल, दुहबी क्षेत्रमा रहेका थारु बाहुल्य बस्ती र कटहरीमा रहेको राजबंशी बाहुल्य बस्तीलाई साँस्कृतिक महत्वका बस्तीको रुपमा घोषणा गरेर कार्यक्रमहरु बनाउँदा समेत त्यसको सकारात्मक प्रभाव विराटनगरमा पर्ने उनको बुझाई छ ।
विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि स्थानीय सरकारको सहजीकरणमा स्थानीय प्रशासन लचक देखिदाँ समेत अहिले त्यसको सकारात्मक प्रभाव परिरहेको व्यवसायी श्रेष्ठको भनाई छ । रात्रीकालिन होटल व्यवसायमा सुरक्षा चुनौती छ भन्ने कुरा पछिल्लो समय पुष्टि हुने आधार छैन । त्यसले गर्दा अब भारतबाट विराटनगरसम्म आउने र फर्कनेहरुका लागि साप्ताहिक रुपमा नाका सहजीकरण हुन जरुरी छ । यसमा स्थानीय प्रशासनले बिरगञ्जमा जस्तो शुक्रबार र शनिबार रात्रीकालिन बजार लगाउने र रातीसम्म भारत फर्कनेका लागि सीमामा सहजीकरण गर्ने प्रवन्ध मिलाउन पहल लिनुपर्ने सुझाव उनको छ ।

भारतबाट विराटनगर आउनेहरुलाई राती नै फर्कने सुविधा मात्रै भएपनि त्यसले होटलमा फ्लो बढ्ने संभावना अझै धेरै रहेको बताइन्छ ।
कोशीमा हिमाल बागमती र त्यसमा पनि काठमाण्डौंले बेचिरहेको अवस्थामा माउन्टेन फ्लाइटको सुविधा विराटनगर एयरपोर्टबाट शुभारम्भ गराउन प्रदेश सरकारले पहल लिनुपर्ने उनको माग छ । संघीय सरकारलाई यसमा सहमति लिनसक्ने क्षमता भएका मुख्यमन्त्री कोशीमा रहेका कारण आसा र भरोसा राख्ने ठाउँ रहेको उनले बताए । यदि माउन्टेन फ्लाइट मात्रै विराटनगर विमानस्थलबाट हुन सके त्यसले भारतीय पर्यटकलाइ आकर्षिक गर्ने उनको भनाई छ । भारतीय पर्यटक विराटनगर भएर माउन्टेन फ्लाइटको उपयोग लिने वातावरण भए पर्यटन वर्षको उपलब्धि अझै धेरै बढ्ने व्यवसायी श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्