अन्तर्वार्तामा पास गराइदिने भन्दै ठगी गर्नेहरूबाट सचेत रहन प्रहरीको अनुरोध

<span class='c1'>अन्तर्वार्तामा पास गराइदिने भन्दै ठगी</span> <span class='c2'>गर्नेहरूबाट सचेत रहन प्रहरीको अनुरोध</span>

विराटनगर । नेपाल प्रहरीले अन्तर्वार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ ।

नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

"२६ गते प्रहरी जवान पदको विज्ञापन भई लोक सेवा आयोगबाट परीक्षा सञ्चालन भएकोमा मिति २०८१।०८।०१ गते लिखित परिक्षाको नतिजा प्रकाशन भएको व्यहोरा सबैमा विदित नै छ । निकट भविष्य मा हुन गैरहेको अन्तर्वार्ता परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाम लिई रकम माग गर्ने, उठाउने कार्य भैरहेको भन्ने जानकारी प्राप्त हुन आएको हुँदा त्यस तर्फ सचेत रहन सबैलाई अनुरोध छ । " जारी सूचनामा उल्लेख छ ।साथै त्यसरी रकम माग गरि ठगि गर्ने व्यक्तिहरु उपर कानून बमोजिम कारबाही गर्ने समेत प्रहरीले जनाएको छ ।र, यस्ता खालको गतिविधिको विषय आए प्रहरी जानकारी गराउन समेत नेपाल प्रहरीले अनुरोध गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्