एसिया कप खेल्ने यु-१९ टिमलाई आज बिदाइ गरिदै

<span class='c1'>एसिया कप खेल्ने यु-१९</span> <span class='c2'>टिमलाई आज बिदाइ गरिदै</span>

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइ गर्दैछ।

मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु-१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको जानकारी दिएको हो।

टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्