पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

<span class='c1'>पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा</span> <span class='c2'>८८ जनाको मृत्यु</span>

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठुलो हताहत भएको थियो ।

यस आक्रमणले सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसाको लहर निम्त्यायाएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतृकको सङ्ख्या अझै बढदै गएको छ ।

हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । रासस/ सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्