विश्व एड्स दिवस: जनचेतना र रोकथामका उपायहरू

<span class='c1'>विश्व एड्स दिवस: जनचेतना</span> <span class='c2'>र रोकथामका उपायहरू</span>

इन्दु साह
विराटनगर । आज ३७ औं विश्व एड्स दिवस 'एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ' भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रमसहित मनाइएको छ। विराटनगर महानगरपालिकाको अगुवाईमा विभिन्न सामाजिक संघसंस्था, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागितामा जनचेतनामूलक र्‍याली आयोजना गरिएको छ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले एड्सबाट डराउनुपर्ने अवस्था नरहेको बताए। उनका अनुसार एड्स संक्रमित व्यक्तिहरू लामो समयसम्म बाँच्न सक्छन्। एड्स संक्रमित व्यक्तिमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता घट्ने र शरीरमा भएका साना बिरामी समेत निको हुन लामो समय लाग्ने उनले बताए।

प्रमुख यादवले अहिलेको समयमा एड्स लुकाउनुपर्ने समय नभएको स्पष्ट पारे। "यसलाई लुकाए अझ मृत्युको मुखमा पुर्‍याउने डर हुन्छ। त्यसैले समयमै परीक्षण गर्नुपर्छ," उनले भने। एड्सको परीक्षण र औषधि निःशुल्क उपलब्ध हुने जानकारी दिँदै उनले संक्रमित व्यक्तिले अगाडि आएर एड्स लागेको स्वीकार गरे अन्यलाई पनि उपचारमा आउन सहज हुने बताए।

यादवका अनुसार समाजले संक्रमित व्यक्तिलाई हेलाको दृष्टिले नभई मायाको भावले हेर्नुपर्छ। एड्स कुनै सरुवा रोग नभएको स्पष्ट पार्दै उनले संक्रमित व्यक्तिको छेउछाउ जानबाट डर र घृणा मान्नु नपर्ने बताए। शारीरिक सम्पर्क, रगत र एक व्यक्तिमा प्रयोग भएको इन्जेक्सन अर्को व्यक्तिमा प्रयोग गर्दा मात्र सर्ने जोखिम रहने उनको भनाइ छ।

"एड्स आफैंमा हानिकारक होइन, यसले शरीरको प्रतिरोधात्मक क्षमता घटाउने काम गर्छ," यादवले भने। मानव शरीरमा विभिन्न किसिमका रोग लागिरहने हुँदा एड्स भएका व्यक्तिलाई बढी असर गर्ने तर एड्सको जीवाणु शरीरमा प्रवेश गर्दैमा मृत्यु नहुने उनले स्पष्ट पारे।

विशेषज्ञहरूका अनुसार एड्स संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपायहरूमा सुरक्षित यौन सम्बन्ध, नियमित कन्डमको प्रयोग र एक विश्वासयोग्य साथीसँग मात्र यौन सम्बन्ध राख्ने पर्दछन्। त्यसैगरी जोखिमयुक्त व्यवहारबाट टाढा रहने, नियमित एचआईभी परीक्षण गराउने, स्टेरिल सुई र चिकित्सकीय उपकरणको प्रयोग गर्ने तथा रक्त आधानमा पूर्ण सावधानी अपनाउनु पर्ने बताइएको छ।

स्वास्थ्य विशेषज्ञहरूले एड्ससँग सम्बन्धित गलत धारणा र कलंकलाई हटाउन तथा संक्रमित व्यक्तिहरूप्रति सहानुभूति र सकारात्मक व्यवहार देखाउन आवश्यक रहेको बताएका छन्। स्वस्थ जीवनशैली, नियमित व्यायाम, स्वस्थ खानपान र मनोवैज्ञानिक सहयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने उनीहरूको भनाइ छ। एड्स संक्रमित व्यक्तिको शरीर कमजोर हुने भएकोले उनीहरूको मनोबल उच्च राख्न आवश्यक रहेको विशेषज्ञहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्