गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

<span class='c1'>गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको</span> <span class='c2'>संख्या ४४ हजार नाघ्यो</span>

एजेन्सी । इजरायली सैन्य कारबाहीबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ । गाजा स्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ ।

विगत २४ घण्टामा इजरायली सैनिक कारबाहीमा गाजामा १९ जनाको मृत्यु हुनुका साथै अन्य ७२ जना घाइते भएको विज्ञप्तिमा भनिएको छ । जसमा घाइतेको कुल संख्या १०५,१४२ पुगेको छ । इजरायली सेनाले शुक्रबार रातीदेखि शनिबारसम्म गाजा पट्टीका धेरै ठाउँमा आक्रमण गर्दा कम्तीमा ३२ प्यालेस्टाइनीको मृत्यु भएको सीसीटीभीप्लसले उल्लेख गरेको छ।

त्यस्तै प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले शनिबार दक्षिणी गाजाको खान युनिसमा भएको आक्रमणमा फूड परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका तीन कर्मचारीको मृत्यु भएको जनाएको छ । गाजामा सामुदायिक भान्सा सञ्चालन गर्ने परोपकारी संस्थाले आक्रमणपछि गाजामा आफ्नो सञ्चालन रोकेको छ ।

यता, इजरायली हमलाका कारण संचारकर्मीहरुमा ठूलो असर पुगेको छ । उक्त द्वन्द्वमा मारिएका पत्रकार र मिडियाकर्मीहरूको कुल संख्या १९१ पुगेको छ।(सीसीटीभीप्ल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्