घानाको राष्ट्रपतिमा महामाको ऐतिहासिक पुनरागमन

<span class='c1'>घानाको राष्ट्रपतिमा महामाको</span> <span class='c2'>ऐतिहासिक पुनरागमन</span>

एजेन्सी । घानाको हालैको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति जोन द्रामणि महामाले ऐतिहासिक पुनरागमन गरेका छन् ।

निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहे पनि महामाका प्रमुख प्रतिद्वन्द्वी वर्तमान उपराष्ट्रपति महामुदु बावुमियाले आइतबार पराजय स्वीकार गरिसकेका छन् । महामाका समर्थकहरुले उत्सव मनाउने तयारी गरिरहेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक कँग्रेसको प्रतिनिधित्व गर्दै पूर्वराष्ट्रपति महामाले ऐतिहासिक विजयी हासिल गरेको सीसीटिभीप्लसले उल्लेख गरेको छ ।
सत्तारुढ नयाँ देशभक्त पार्टी (एनपीपी)को मुख्यालय चुनावपछि शान्त थियो, किनकि एनपीपीका राष्ट्रपतिको उम्मेदवारको रूपमा दौडिएका बावुमियाले मतदाताबाट आवश्यक समर्थन प्राप्त नगरेको स्वीकार गरिसकेका थिए ।

महामाले दोस्रो कार्यकालको सुरु गरेपछि रोजगारी सृजना र आर्थिक सुधारका वाचाहरू कुन रुपमा हुनेछ भन्ने विशेष चासोका साथ हेरिएको छ । (सीसीटिभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्