एनपीएलः चितवन र लुम्बिनी, कर्णाली र पोखरा भिड्दै

<span class='c1'>एनपीएलः चितवन र लुम्बिनी,</span> <span class='c2'>कर्णाली र पोखरा भिड्दै</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुने छ। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन।

लुम्बिनी रोहित पौडेलको कप्तानीमा छ भने चितवनका कप्तान कुशल मल्ल हुन्। मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन्। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्